Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छ : ओली

काठमाडौँ : सत्तारुढ प्रमुख घटक नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्न आह्वान गरेका छन्।

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताए। उनले पुँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।

अध्यक्ष ओलीले बजेट कार्यान्वयनका सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताए। उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका काम नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उनको भनाइ थियो। अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराए।

ओलीले भने, ‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्छ। अर्को कुरा हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ। हाम्रो पुँजी र प्रविधिले पुगेन भने पुँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्छ। त्यो बाटो लिनुपर्छ। कृषिको आधुनिकीकरण, औद्योगिकीकरण गर्न सकिएन भने ६० प्रतिशत जनता अहिले पनि त्यसमा निर्भर हुने, त्यसमा आधारित कृषिलाई आधुनिकीकरण गर्न नसकिने, व्यवसायिकीकरण गर्न नसकिने, औद्योगिकीकरण गर्न नसकिने हो भने त्यो हिजोको स्थितिमा रहेर त्यो अगाडि जान सक्दैन।’

अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP