Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

युवाको नेतृत्वमा गोदावरी नगर कमिटी

ललितपुर : श्रीविक्रम घिमिरेको अध्यक्षतामा ७३ सदस्यीय गोदावरी नगर कमिटी गठन भएको छ। टाहाखेलस्थित वेलकम पार्टी प्यालेसमा शनिबार सम्पन्न दोस्रो अधिवेशनबाट विक्रम घिमिरेको अध्यक्षतमा ७३ सदस्यीय नगर कमिटी निर्वाचित भएको हो।

कुल खसेको २३२ मतमा घिमिरेले १२३ मत प्राप्त गर्दै विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी ब्रह्मानन्द श्रेष्ठले १०४ मत पाए।

नगर कमिटीको उपाध्यक्षमा रमि प्रधानांग सर्वसम्मत चयन भइन् भने सचिवमा अर्जुन सन्जेल २ मतको अन्तरले निर्वाचित भए।

सन्जेलले ११२ मत ल्याए भने अर्का प्रतिष्पर्धी रामहरी केसीले ११० मत प्राप्त गरे।

उपसचिवमा खुल्लातर्फ अशोक गोदार थापा निर्वाचित भएका छन्। थापाले १०२ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी गोकुल तिमल्सिनाले ४९ मत प्राप्त गरे। उपसचिवका अन्य उम्मेद्वार अभय न्यौपानेले ३६ मत र समिर थापाले ३३ मत ल्याए।

महिला उपसचिवमा कल्पना रामदाम सर्वसम्मत निर्वाचित भएकी छन्। सदस्यतर्फ प्रेस चौतारी ललितपुरका सहसचिव सन्तोष दाहाल पनि निर्विरोध निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष घिमिरेले व्यवस्थित र सुदृढ पार्टी निर्माण गर्दै आगामी निर्वाचनमा मेयर उपमेयरसहित १४ ओटै वडामा एमालेलाई विजय गराउने गरी सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता जनाए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP