Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

सरकारले उच्च शिक्षा ऐन छिटो ल्याउनु पर्छ : देवेन्द्र पौडेल

काठमाडौँ : सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र)का सांसद एवं पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले उच्च शिक्षा ऐन छिटो ल्याउन सरकारसँग माग गरेका छन्।

मंगलवार प्रतिनिधिसभा बैठकमा युवा तथा खेलकुद मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयको आगामी आर्थिक वर्षका विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसलाई मर्ज गरेर अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिने सांसद पौडेलको भनाइ थियो। उनले प्राविधिक शिक्षालाई श्रम र उत्पादनसँग जोडेर अघि बढाउने काममा ढिलाइ नगर्न पनि सरकारलाई दबाब दिए। सांसद पौडेलले श्रम र सीपविनाको शिक्षाबाट देशले प्रगति गर्न नसक्ने उल्लेख गर्दै यस कुरामा ध्यान दिएर शैक्षिक क्षेत्रको विकासमा लाग्न पनि सरकारलाई सचेत गराए।

पौडेलले भने, ‘उच्च शिक्षा ऐन छिटो ल्याउन अनुरोध गर्दै उच्च शिक्षालाई विशिष्टिकृत गर्ने र अप्ठ्यारामा परेका सामुदायिक क्याम्पसहरूलाई मर्ज गरेर हुन्छ कि वा के गरेर हुन्छ ? सम्बन्धित विश्वविद्यालयमा गाभ्ने र एउटा सिष्टममा लैजाने कुरामा अगाडि बढाइयो भने उच्च शिक्षालाई सुधार्न सकिन्छ। अलिकति त्यतातिर ध्यान दिन म अनुरोध गर्न चाहन्छु। शिक्षालाई सीपसँग जोडने, सीपलाई श्रम र उत्पादन सँग जोड्ने काम गर्नुपर्छ। त्यसो नगर्ने हो भने खाली पढाइको आधारमा मात्रै शिक्षालाई अघि बढाइयो भने देशले प्रगति गर्न सक्दैन।’

सांसद पौडेलले शिक्षा क्षेत्रमा सुधारका लागि शिक्षक दरबन्दीको उचित व्यवस्थापन गर्न पनि सरकारलाई सुझाव दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP