Trending
flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन

एमाले गुल्मीको अध्यक्षमा काउछा निर्वाचित

काठमाडौं : नेकपा एमाले गुल्मी जिल्लाको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन्।

काउछा ३८४ मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी हिरा एसी २०२ मत ल्याए।

११ औं जिल्ला अधिवेशनबाट काउछा अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका थिए। गत मंगलबारदेखि शुरु भएको १२ औं जिल्ला अधिवेशनमा सहमति नजुटेपछि बिहीवार मतदान भएको थियो। अधिवेशनमा सहभागी ६१३ जना प्रतिनिधिमध्ये ५९५ जनाले मतदानमा सहभागिता जनाएका थिए।

निर्वाचन कमिटीका अनुसार उपाध्यक्षमा जीवन खरेलले ३४८ मत ल्याएर निर्वाचित भए भने उनका प्रतिस्पर्धी गणेश श्रीपालीले २१२ मत ल्याएका थिए।

११ औं जिल्ला अधिवेशन सचिव पदमा निर्विरोध निर्वाचित भएका श्रीपाली यस पटकको १२औं जिल्ला अधिवेशनमा भने उपाध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। सचिवमा धर्म विश्वकर्मा विजयी भए। विश्वकर्माले ३७१ मत पाउँदा उनका प्रतिस्पर्धी पदम अर्यालले १९० मत पाएका छन्।

सहसचिवमा चक्रबन्धु भुसाल ३४८ मत ल्याएर निर्वाचित भए। उनका प्रतिस्पर्धी ओम कार्कीको पक्षमा २१६ मत परेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP