Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिनुपर्छ : डा.स्वर्णिम

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिय वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन्। उनले सो कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेकोमा पनि सरकारप्रति असन्तुष्टि व्यक्त गरे।

आइतबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाजिको छलफलमा भाग लिँदै उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई दबाब दिए।

उनले रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरे।

उपसभापति वाग्लेले भने, ‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार। त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु। प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेण्डामा हामी प्रवेश गर्नुपर्ने भयो। त्यसमा लगानी पुगेको छैन । लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो। क्लाईमेट फाईनान्स ने अवको विकास फाईनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ।’

उपसभापति वाग्लेले क्लाईमेट फाईनान्स नै अबको विकास फाईनान्स भएको कुरालाई पनि सरकारले बिर्सन नहुने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP