Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

जथाभावी बजेट खर्च गरेर कर दुरुपयोग नगरौँ : सांसद कार्की

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले विकास खर्चमा सबै नागरिकको बराबर हक सुनिश्चित गर्न सरकारसँग माग गरेकी छन्।

मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समय लिएर बोल्दै उनले यस्तो बताएकी हुन्। सांसद कार्कीले डोटी जिल्ला अस्पताल भवन निर्माण कार्य सुचारु हुने गरी बजेट छुट्याउन पनि सरकारलाई दबाव दिइन्।

उनले सो अस्पतालमा आईसियु र डाइलासिस सेवा तत्काल सुचारु गराउन पनि सरकारको ध्यानाकर्षण गराइन्। सांसद कार्कीेले असार मसान्तमा आएर जथाभावी बजेट खर्च नगर्न पनि सरकारलाई सचेत गराइन्।

डा. कार्कीले भनिन्, ‘वर्षभर काम नहुने अनि असार मसान्तसम्म चाहिँ जसरी पनि खर्च गर्नुपर्ने, पर्याप्त अध्ययन नै नगरी अनावश्यक रूपमा दोहोर्‍याई, तेर्‍याई सडकहरू पिच गर्ने, सरकारी भवन ठेक्का लगाउने जस्ता कामले जनताको करको दुरुपयोग भइरहेको छ। डोटी जिल्लामा भने राष्ट्रिय गौरवको योजना भनिएको खुटिया–दिपायल द्रुतमार्ग मात्र ८६ किलोमिटर पनि वर्षौंदेखि बजेट अभावका कारण अलपत्र छ।

डोटी जिल्लाकै शिखर नगरपालिका वडा नम्बर १० र ११ जोड्ने पुल ठेक्का लागेर पनि काम भएको छैन। डोटी जिल्लाको अस्पताल भवन ठेक्का लागेर पनि अन्तिम अवस्थामा आएर रोकिएको छ। आईसियू र डाइलासिस सेवा शुरु हुन सकेको छैन। नेपालको विकास चाहने हो भने सबै क्षेत्रमा समान विकास हुनुपर्छ। प्रत्येक नागरिकको बराबर हक सुनिश्चित हुनुपर्छ।’

सांसद कार्कीले जथाभावी बजेट खर्च गरेर जनताको करको दुरुपयोग गर्न नहुने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP