Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

संसद्को काम, कारबाही पारदर्शी बनाउन सहयोग गर्छु : प्रतिनिधिसभा सचिव अधिकारी

काठमाडौँ : प्रतिनिधिसभाका नवनियुक्त सचिव सुरेश अधिकारीले संसद्को कामलाई व्यवस्थित र पारदर्शी बनाउन भूमिका खेल्ने बताएका छन्।

बुधवार सभामुख देवराज घिमिरेबाट प्रतिनिधिसभा सचिवको रूपमा शपथ लिएसँगै सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद्को काम व्यवस्थित गर्न भूमिका खेल्ने बताएका हुन्। उनले आफ्नो काम सभामुखको काममा सहयोग गर्ने भएको भन्दै सभामुखलाई सहयोग गरेर अघि बढ्ने बताए। उनले संसद्को काम, कारबाही पारदर्शी बनाउन पनि आफ्नो सहयोग र भूमिका रहने बताए।

अधिकारीले भने, ‘मेरो मुख्य भूमिका भनेको प्रतिनिधिसभाको काम व्यवस्थित गर्न सघाउ पुर्‍याउनु हो। सभामुखलाई सहयोग गर्ने, संसद्का काम, कारबाही व्यवस्थित गर्नु, पारदर्शी बनाउन मेरो सहयोग र भूमिका रहनेछ।’

सचिव अधिकारीले बुधबार सभामुख देवराज घिमिरेबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्। उनलाई सभामुखको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मङ्गलवार प्रतिनिधिसभा सचिव नियुक्त गरेका हुन्। सचिव अधिकारी कोशी प्रदेश, संखुवासभा जिल्ला खाँदबारी नगरपालिका वडा नं. २ स्थायी निवासी हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP