Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

सिंहदरबारमा कृषि प्राविधिकहरूको धर्ना

काठमाडौं : कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा कार्यरत राजपत्राङ्कित तेस्रो श्रेणीका कर्मचारीहरुले मन्त्रालयमा धर्ना दिएका छन्।

बुधबार पनि अधिकृत स्तरका कर्मचारीहरुले मन्त्रालयको प्रवेश द्वारमा धर्ना दिएका हुन्। २०७५ सालमा सरकारले समायोजन अध्यादेश ऐनमार्फत समायोजन गरेपछि संघमा समायोजित भए पनि विभिन्न बहानामा आफूहरुको वृत्ति विकासका लागि नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम पनि नभएकाले सांकेतिक विरोधस्वरूप धर्नामा बसेको कर्मचारीहरुको भनाइ छ।

कृषि मन्त्रालयमा समायोजन भएका राजपत्रांकित तेस्रो श्रेणीका प्राविधिक कर्मचारीहरूले आफ्नो वृत्ति विकास रोकिएकाले वृत्ति विकास सहितको दरबन्दी यकिन गर्न माग गर्दै धर्ना दिएको बाली संरक्षण अधिकृत तोयानाथ जोशीले बताए।

उनले आन्दोलन असार १४ गतेदेखि शुरु गरेको भए पनि धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गरेको बताए। उनले ६ वर्ष भइसक्दासमेत वृत्ति विकास नगरेको र नियमित रूपमा लोकसेवा नखोलिएको र ओएनएम नगरेकाले धर्ना दिनुपरेको बताए।

उनले भने, ‘हामीले यो आन्दोलन १४ गतेदेखि शुरु गरेका हौँ। धर्ना कार्यक्रम १६ गतेदेखि सञ्चालन गर्दै आइरहेका छौँ। यो हामीलाई २०७५ मा सामान्य प्रशासन मन्त्रालयले समायोजन गरेको थियो। समायोजन गर्दा दरबन्दीभन्दा बढी समायोजन गर्‍यो। त्यो बेला हामीलाई अवसर के दिइएको थियो भन्दा संघमा समायोजन हुने की प्रदेशमा, स्थानीयमा समायोजन हुने भन्ने अवसर दिइएको थियो। त्यो अवसर अनुसार हामीले संघ रोज्यौँ। संघमा संख्या १० र समायोजन २० गरेजसरी बढी संख्यामा समायोजन गरेको थियो। त्यो समायोजन मिलाउनुको सट्टा अहिले ६ वर्ष भइसक्यो । हाम्रो वृद्धि विकास पूरै ठप्प भयो। दरबन्दी मिलाउनका लागि हामीले यो धर्ना कार्यक्रम गरेका हौँ।’

उनले सबै अधिकृतहरुले हाजिरी नगरेको र सबै अधिकृतहरु बिदामा बसेको पनि बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP