काठमाडौँ : नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इंगित गर्दै पार्टीका महामन्त्री डा. मुकुल ढकाललाई कारबाही गरेर निरंकुशता देखाएको बताएका छन्।
शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले आजभोलि राजनीतिक दलहरूमा प्रश्न सोध्न पनि नपाइने गरेको बताए। उनले प्रश्न गरेकै भरमा महामन्त्री ढकाललाई पार्टीबाट निष्काशित गरिएको बताए। उनले भयंकर लोकतन्त्रवादी राजनीतिक दल भन्ने तर व्यवहार निरंकुशतावादी रहेको बताए। उनले रास्वपा सभापति एवं उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै टेलिभिजनमा काम गर्दा नेपाल नै उथलपुथल बनाइदिने जस्तो गरी कुरा गरे पनि सरकारमा आउँदा त्यस्तो नभएको बताए।
उनले नागरिकता, राहदानी दुईदुईवटा बोकेर हिँड्नेले देश विकास गर्न नसक्ने बताए। उनले लामिछानेलाई सो पदमा राख्नेहरू पनि उत्तिकै जिम्मेवार रहेको बताए। उनले नेपाललाई एकाधिकार पुँजीवादको खेल मैदान बनाउने काममा नेपालका ठूला राजनीतिक दलका ठूला नेता आफैँ लागेको बताए। सहकारीमा भएको ठगी नेपाली राजनीतिको विकृति, चरम सत्ता स्वार्थसँग जोडिएको बताए।
रावलले भने, ‘एउटा नयाँ पार्टी आएको उनकै महासचिवले केके सोध्यो भनेर पार्टीबाटै निकालिदिएछ। भन्ने वेला भयंकर लोकतन्त्रवादी हामी। भरे माथि सतहमा आउँदा नागरिकता हेरे दुईवटा, राहदानी हेर्दा दुईवटा, अरू के तीनवटा। त्यसपछि गएर ठगी। अनि निजलाई देशको सम्पूर्ण जिम्मा। म खालि रवि लामिछानेजीलाई मात्रै भन्न चाहन्न। उहाँलाई त्यहाँ राख्ने पनि उत्तिकै जिम्मेवार छन्।’
नेता रावलले एमसीसीमा अनुदान लिएपछि गत ६ महिना यता त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा ठूल्ठूला सैनिक जहाज आएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया