Trending
flash कृषि उत्पादन र आत्मनिर्भरतामा जोड, विजयनगरमा खाद्य सुरक्षा परियोजनाको अनुगमन flash जनज्योति माविमा नयाँ चार कोठे भवनको शिलान्यास flash हवाई फायर गरेर भागेका दुई लागुऔषध अफिम कारोबारी पक्राउ flash अध्यक्ष श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ

प्रचण्ड सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै ल्यायो : सांसद शर्मा

काठमाडौं : नेपाली काँग्रेसका सांसद सुनिल शर्माले २८ गते विश्वासको मतअघि पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन हुन नसक्नुको कारणसहित जवाफ दिनुपर्ने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुईवटा मात्रै राम्रो काम गरेको बताए। उनले दुईवटा काममध्ये पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने र आर्थिक नीतिमा दफा ५७ संशोधन मुख्य भएको बताए।

उनले तर प्रधानमन्त्रीले मन्त्रिपरिषद्बाट गरेको निर्णय किन कार्यान्वयन हुन नसकेको बारे जवाफ दिन माग गरे। उनले पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्याम्पसको रूपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबिबीएस सुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय तत्काल कार्यान्वयन गर्न आवश्यक रहेको बताए।

उनले पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर भए पनि कार्यान्वयन नहुँदा पठ्न आउने आशाले बसेका विद्यार्थीहरुमा निराशा छाएको बताए। उनले पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानुनअन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार हुँदा पनि अहिलेसम्म सञ्चालन हुन नसकेको बताए।

उनले अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोसिस गरेको भन्दै धन्यवाद दिए। उनले दफा ५७ संशोधनले नेपालका उद्योगीहरु र नयाँ स्टार्टपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको उल्लेख गरे।

उनले भने, ‘नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वको सरकारले दुईवटा मात्रै राम्रो काम गरेको छ। जसमा पूर्वाअञ्चल विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने सन्दर्भमा कोशी जोन अस्पताललाई आफ्नै आंगिक क्यामपसको रुपमा प्रयोग गर्न पाउने र विश्वविद्यालयले तत्काल एमबीबीएस शुरु गर्ने भन्ने मन्त्रिपरिषद्को निर्णय हो । तर पूर्वका विद्यार्थीहरुको लागि सुनौलो अवसर थियो। यो कार्यक्रम आउला भन्ने आशा थियो। पूर्वाधारका हिसावले अहिलेको विद्यमान कानून अन्तर्गत चिकित्सा शिक्षा आयोग र नेपाल मेडिकल काउन्सिलले आवश्यक पूर्वाधार सबै छ। तर अहिलेसम्म सञ्चालन हुन सकेको छैन। प्रधानमन्त्री २८ गते विश्वासको मत लिनुअघि जवाफ दिनुहोला। अर्थमन्त्रीले करको दफा ५७ संशोधन गर्ने कोशिस गरेको छ। त्यो नेपालका उद्योगीहरु र नयाँ स्टार्टअपहरुको निम्ति पनि नयाँ ढोका खोल्ने काम गरेको छ। कुनै पनि कम्पनीमा भएको पुँजीमा लगानी थप गर्न चाहेमा ७५ प्रतिशत कर बुझाउनु पर्ने व्यवस्था थियो। त्यसले लगानी थप्न नसक्ने अवस्था थिएन। यो ऐतिहासिक काम भएको छ।’

उनले पूर्वप्रधानमन्त्रीले आफ्नो कार्यकालमा ठूलो वैदेशिक लगानी ल्याउन नसकेको बताए। सांसद शर्माले प्रधानमन्त्री दाहालप्रति लक्षित गर्दै वरिष्ठ गायक रामकृष्ण ढकालको ‘ओराली लागेको हरिणको चाल भो…’गीत सुनाए। सांसद शर्माले यस गीतमा कुनै नियम आपत्ति भए डिलिट गर्दा पनि कुनै आपत्ति नरहेको बताए। उनले दाहाल नेतृत्वको सरकारले विदेशबाट हुर्रा र मुर्रा मात्रै आएको जिकिर बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP