Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

‘प्रधानमन्त्रीलाई हाम्रो मायाले नपुगेर अन्त खोज्न हिँडेपछि विश्वासको संकट’

काठमाडौं : नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै कारण सहकार्यमा संकट पैदा भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मत माग्ने प्रस्तावमा बोल्दै भट्टराईले प्रचण्डकै बेइमानीका कारण कांग्रेस-एमाले मिल्ने अवस्थामा आइपुगेको बताए।

‘प्रधानमन्त्रीले हाम्रा मन्त्रीलाई राजीनामा बुझाउन जाँदा ‘माया गर्नु भूल भएछ’ भन्ने गीत सुनाउनुभएछ। हामीले माया मात्र होइन गर्लम्मै अंगालो मारेको हो नि !’ उनले भने, ‘हाम्रो मायाले नपुगेर अन्त माया खोज्दै हिँड्नुभयो। तपाईंकै कारणले विश्वासको संकट पैदा भएको हो नि।’

उनले प्रधानमन्त्री प्रचण्डलाई जवाफी गीत समर्पित गर्दै भने,‘ कसले देला तिमीलाई माया मैले दिए जति, झिक तुलो जोखौं आज कसको माया कति ?’

उनले निर्वाचनलगत्तै सँगै जाऔं भनेको स्मरण गराउँदै प्रचण्डकै बेइमानीले समीकरण टुटेको जिकिर गरे। राष्ट्रपति र प्रधानमन्त्री एमालेलाई दिने भनेर समझदारी गरे पनि पछि कांग्रेससँग लागेर सहकार्य तोडेको भट्टराईको आरोप छ।

‘०७९ सालमै हामीले सँगै जाऔं भनेको स्मरण गर्नुस् त। राष्ट्रपति पनि एमालेबाटै हुने भनेर कागज गर्ने आज आएर राष्ट्रपति कांग्रेसलाई दिएँ भन्ने? हाम्रो अध्यक्ष केपी ओलीलाई एउटा भन्ने अर्को गर्ने भन्नुहुन्छ त्यो त तपाईं रहेछ नि। प्रधानमन्त्री आफूले लिने, राष्ट्रपति र सभामुख एमालेले दिने भनेर कागज गर्ने अनि एक महिनापछि कहाँ गयो त्यो कागज?’ भट्टराईले भने, त्यही सहमति कायम भएको भए कांग्रेस प्रतिपक्षमा हुन्थ्यो ठीकै हुन्थ्यो नि त। तपाईं प्रधानमन्त्री हुनुहुन्थ्यो। राष्ट्रपति कांग्रेसलाई दिने हुटहुटी थियो भने देउवाजीसँगै गठबन्धन निरन्तर गरेको भए हामी प्रतिपक्षमा हुन्थ्यौं के बिग्रन्थ्यो?

अरूलाई दोष दिएर उम्कन नसकिने भन्दै भट्टराईले अब प्रचण्डको उथलपुथलले काम नगर्ने जिकिर गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP