Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

मधेश प्रदेश : अर्थ पाएपछि कांग्रेस सरकारमा सहभागी हुँदै‚ आजै शपथको तयारी

जनकपुरधाम : अर्थसहित ४ मन्त्रालय पाएपछि नेपाली कांग्रेस मधेश सरकारमा सहभागी हुने भएको छ।

अर्थ मन्त्रालयसहित ४ मन्त्रालय पाउने तय भएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेको हो।

कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने तय भएको छ भने जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री, शेषनारायण यादव ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री र कौशलकिशोर राय श्रम तथा यातायातमन्त्रीको जिम्मेवारी पाउने तय भएको छ।

मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी हुन अनिच्छुक थियो।

हिजोमात्र कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए।

मन्त्रालय बाँडफाँडमा प्रदेशमा सहमति नजुट्दा केन्द्रमै नेताहरूले अर्थ मन्त्रालय कांग्रेसलाई दिने सहमति गरेको स्रोतले जनाएको छ।

कांग्रेस केन्द्रीय समितिबाटै ४ जनालाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्रीसमक्ष पत्र आएको छ। जुन पत्रमा मन्त्रालय पनि तोकिएको छ।

मुख्यमन्त्रीले आजै साँझ ५ बजे कांग्रेसका मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP