Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

माओवादीले कोशी सरकार नछाड्ने, एमालेले पनि गलहत्याएर ननिकाल्ने

विराटनगर : केन्द्रमा राजनीतिक समीकरण बदलिएसँगै कोशीमा के होला भन्ने बहस यतिबेला तातिएको छ। संसदीय अंकगणितका कारण सकसपूर्ण ढंगले निर्माण भएको कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार छ।

जसमा माओवादी केन्द्रका तीन मन्त्री र एक राज्यमन्त्री अहिले पनि सरकारबाट बाहिरिएको छैन।

यसै सन्दर्भमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले निवर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरेका छन्।

काठमाडौंस्थित खुमलटारमा रहेको प्रचण्ड निवासमा आज बिहान भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको जनाइएको छ।

पूर्वप्रधानन्त्री दाहालसँगको भेटमा कोशी सरकारबारे मुख्यमन्त्रीले चाहेसम्म सहकार्यलाई निरन्तरता दिने निष्कर्ष निकालिएको आङ्बोले जानकारी दिए।

अध्यक्षको र प्रदेश पार्टीसँगको छलफलपछि नै अहिलेसम्म माओवादी सरकारमा बसेको र मुख्यमन्त्रीसँग सहमति गरेर यो सरकार बनाएको समेत उनले बताए।

उनले भने,‘उहाँले चाहेसम्म हाम्रो सहकार्य र साथ रहन्छ। अरू कसैको व्यक्तिगत आग्रह र चाहनामा हामी बहकिँदैनौँ।’

यता, एमालेले पनि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत लिने बेलासम्म प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरूलाई बर्खास्त नगर्ने बताइएको छ। प्रधानमन्त्री ओलीले यही ६ साउन आइतबारका दिन संसद्‌बाट विश्वासको मत लिने कार्यसूची छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP