काठमाडौं : परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले शुक्रबार शिष्टाचार भेट गरेका छन्।
सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा उनीहरूबीच नेपाल-अमेरिका सम्बन्धका विविध पक्षहरूका साथै द्विपक्षीय हितका बारेमा छलफल भएको थियो।
भेटमा पारस्परिक लाभका विविध पक्ष, विकास तथा साझेदारीका विषयमासमेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
नयाँ सरकार गठनसँगै मन्त्रीलाई भेटेर बधाई दिनका लागि विभिन्न देशका राजदूतहरू सक्रिय भएका छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया