Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

पछुताउनु नपर्ने गरी संसद्‌ भवन बेलैमा बनाइसक्नुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पछुताउन नपर्ने गरी संघीय संसद् भवन निर्माण कार्य सम्पन्न गर्नुपर्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलगायतका सम्बन्धित पक्षसँगको छलफलमा उनले २१औँ शताब्दीको सन्देश दिनेगरी सो भवन निर्माण गर्नुपर्ने भएकाले त्यसमा सरकारले गम्भिरतापूर्वक ध्यान दिनुपर्ने बताएका हुन्।

उनले संसद् भवनको निर्माण कार्य आधुनिक नदेखिएको उल्लेख व्यक्त गरे। निर्माण ढिला भएकोमा अध्यक्ष दाहालको असन्तुष्टि थियो। अध्यक्ष दाहालले सो संसद् भवनको हलले पनि नयाँ सन्देश दिनुपर्ने भएकाले त्यसमा पनि विचार गर्न सरकारलाई सचेत गराए।

उनले संसद भवनमा भोटिङको पनि उचित प्रवन्ध गर्नुपर्ने आवश्यकता औंल्याए। अध्यक्ष दाहालले भने, ‘संसद् भवन निर्माणमा आधुनिकता देखिएन। हल भित्र पसीसकेपछि माननीयज्यूहरुले अनुभुति गर्नेकुरा देखिएन। हामी २१ औं शताब्दी छौं। हाम्रो संसद भवनले यो खालको सन्देश दिएको छ भन्ने खालको केही छ भने त्यो पनि छलफल गरौं भन्न खोजेको हुँ। मेरो आफ्नो यो भन्ने त भएन अहिले। त्यस्तो केही छ भने अहिले नै त्यो विषयमा पनि छलफल गरौं। पछि भन्नेकुरा त पछुताउने कुरा मात्रै हुन्छ भनेर छलफल गर्न खोजिएको हो। यी विषयमा ध्यान दिइयोस।’

छलफलमा सो भवन निर्माण आयोजना समन्वय कार्यालयका प्रमुख शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक मचाकाजी महर्जनले सो भवनको निर्माण कार्य सम्पन्न गर्नका लागि आफूहरुले ठेकदार कम्पनीलाई ताकेता गरिरहेको जानकारी गराएका थिए।

उनले हालसम्म सो भवनको भौतिक प्रगति ता ८१ दशमलव ५ प्रतिशत हासिल भएको उल्लेख गर्दै तोकिएको आगामी चैत्र १८ गतेसम्म सबै काम सम्पन्न हुनेगरी जनशक्ति परिचालन गर्न सम्बन्धित पक्षलाई ताकेता गराउने काम भइरहेको बताए।

२०७६ साल असोज १६ गते करिव ६ अर्व ३० करोड लागतमा ३ वर्षभित्र सम्पन्न गर्ने सम्झौतासहित सुरु गरिएको सो भवनको निर्माण कार्य तोकिएको समयमा सम्पन्न नभएपछि आगामी चैत्र १८ गते सम्पन्न गरिसक्ने गरी पुनः समय थप गरिएको छ।

थपिएको सो समय भित्र निर्माण कार्य सम्पन्न हुने गरी आफूहरुले ताकेता गरेको सहरी विकास मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP