Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

प्रधानमन्त्री ओलीलाई सरकार चलाउन आफ्नै पार्टीले दियो १० बुँदे सुझाव

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै पार्टी नेकपा एमालेले सरकारले गर्नुपर्ने कामहरूबारे १० वटा सुझाव दिएको छ। शुक्रबार प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर एमाले प्रतिनिधि मण्डलले सरकारले आगामी ३ वर्षभित्र गर्नुपर्ने ठोस कार्यसम्बन्धी १० सुझाव दिएको हो।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीका २८ वटा विभागका सुझाव समेटेर प्रधानमन्त्रीलाई सुझाव बुझाइएको जानकारी दिए। गत असार २१ केन्द्रीय बसेको पार्टी केन्द्रीय विभागहरूको बैठकले दिएको सुझावका आधारमा प्रधानमन्त्रीलाई १० बुँदे सुझाव बुझाइएको ज्ञवालीले बताए।

नेकपा एमालेले अघिल्लो सरकारका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पनि विभिन्न समयमा जनताका मुद्दाबारे निरन्तर सुझाव पेश गर्दै आएको थियो। एमालेले २०७९ को निर्वाचनपछि विभिन्न समयमा कहिले ग्रासरुट अभियान त कहिले एमालेको पूर्वपश्चिम यात्रा अभियानबाट जनताको घरदैलोसम्म पुगेर उनीहरूका समस्या र गुनासाहरू केन्द्रसम्म ल्याएर समाधानका लागि पहल गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP