Trending
flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे flash ७० प्रतिशत अनुदानमा कुखुरा पालन सामग्री वितरण

मृत्यु केन्द्र बन्दै क्वारेन्टाइन !


काठमाडौं । जेठ ३ गते नेपालमा कोरोनाको संक्रमणको पहिलो मृत्यु घोषणा गरियो । सिन्धुपाल्चोकका २९ वर्षका सुत्केरी महिला मृत्युको त्यही परिचयसँग जोडिनु भएको थियो । मृत्यु २ गते भयो कोरोना संक्रमणको पुष्टि एक दिनपछि तीन गते मात्रै भयो ।

मृत्यु घोषणा गरिएको अस्पतालको अध्ययनले कोरोना कै कारणले मात्रै मृत्यु भइहाल्ने देखाउँदैन । धुलिखेल अस्पतालका व्यवस्थापक दिपक दाहाल सुत्केरी महिलालाई समयमा अस्पताल ल्याउन पाएको भए बचाउन सकिने बताउनुहुन्छ ।

नेपालमा तेस्रो कोरोना संक्रमितको मृत्यु बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा भयो । रातभरी क्वारेन्टाईनमा झाडापखाला, वान्ताको कष्ट झेलेका ती युवकलाई ढिलो गरि अस्पताल पु¥याउदा प्राण गइसकको थियो । समयमा अस्पताल र औषधिले भेटेको भए भेरी अस्पताल नेपालगञ्जका प्रमुख डा.प्रकाश थापाका अनुसार ती युवकलाई सजिलै बचाउन सकिन्थ्यो ।

‘नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मान्छे मरेको छैन । मरेका मान्छेमा मात्रै कोरोना देखिएको हो ।’

बारामा त एक जेष्ठ नागरिकको मृत्यु भएको ८ दिनपछि मात्रै कोरोना रहेछ भन्ने रिपोर्ट आयो । उहाँको कोरानाकै कारणले मृत्यु भएको हो त ? चिकित्सक नै यकिन भन्न सक्दैनन । नारायणी अस्पतालका प्रमुख डा.मदन कुमार उपाध्यायका अनुसार ती जेष्ठ नागरिकको कोरोनाका कारण नै मृत्यु भएको भन्न नमिल्ले बताउनुहुन्छ ।

‘उहाँलाई मृगौला रोग थियो, कलेजोमा पनि निकै संक्रमण भइसकेको थियो ’ उपाध्यायले भन्नुभयो, ‘लामो समयदेखि गम्भिर स्वास्थ्य समस्या भएकाले कोरोना संक्रमणका विषयमा कसैले चासो दिएन । मृत्यु पनि कोरोना भन्दा अरु रोगले भएको हो । ’

मृत्युको पाँचौ नम्बर सूचीमा चढाइएका ललितपुरस्थित किस्ट मेडिकल कलेजकमा मृत्यु भएका व्यक्तिमा पनि भोलिपल्ट मात्रै कोरोनाको पुष्टि भयो । भारतबाट नेपाल आउँदा बाटोमा नै मृत्यु भयो ।

मृत शरिरबाट स्वाब संकलन गर्दा कोरोना संक्रमण देखियो । आजसम्म अन्तिम ८ जनाको सूचीमा रहेका बाजुरामा २४ महिने शिशुुु र त्यसअघि दैलेमा क्वारेन्टाइमा मृत्यु भएका युवामा पनि मृत्युपछि मात्रै कोरोना संक्रमण पुष्टि भयो ।

हालसम्म् मृत्यु भएका १३ जना मध्ये ११ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ । सबैजनाको रिपोर्ट मृत्यु पछि मात्रै आएको थियो । मृत्यु भएका मध्ये ११ जनामा कोरोना संक्रमण देखिएको थियो । सुदूरपश्चिममा मात्रै ७ जनाको क्वारेन्टाइनमा नै मृत्यु भएको छ ।

स्वास्थ्य विज्ञ डा.दिर्घसिंह बम सरकारको लापारवाही र ब्यवस्थापनको कमजोरीले मृत्यु भइरहेको तर्क गर्नु हुन्छ । ‘नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट मान्छे मरेको छैन । मरेका मान्छेमा मात्रै कोरोना देखिएको हो ।’ डाक्टर बलले भन्नुभयो ।

 चिकित्सकले भनेको तथ्य र देखिएको सत्य केलाउँदा मत्यु भएका मध्ये एक जना वाहेक सबैको मृत्यु रहस्यमा नैछ । तर अपजस भने कोरोनाले पाएको छ । 

चरम लापरवाही

अहिले क्वारेन्टाइनमा १ लाख ६७ हजारलाई राखिएको छ । उनीहरु सबै जोखिममा बसिरहेका छन् । कपिलवस्तु यशोधरा गाउँपालिकामा ७० भन्दा बढी संक्रमतिलाई एउटै क्वारेन्टाइनमा राखिएका छन् ।

त्यसमा एम्बुलेन्स, चिकित्सक, स्वास्थ्य सहयोगी, अक्सिजन र भेन्टिलेटर केही छैन । दैलेखमा घर फर्काएकाहरुमा संक्रमण देखिएपछि अहिले फेरि क्वारेन्टाइनमा ल्याउनै समस्या देखिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि धडकन“ अडियो गीत सार्वजनिक भएको छ । एस एम मिडिया नेपालद्वारा आइतबार सार्वजनिक गरिएको हो । जसको लिरिक्स एमप र राजेन्द्र चौधरीले गरेका छन् भने एरेन्जर गणेश चौधरीले रहेका छन् । यस्तै शब्द संगित सरगम […]

Recent Posts

TOP