Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

आफूसँग सम्बन्धित भ्रष्टाचारका फाइल बन्द गर्न कांग्रेस-एमाले गठबन्धन : मोदी

काठमाडौँ : प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले आफूसँग सम्बन्धित भ्रष्टाचारको फाइल बन्द गर्न कांग्रेस–एमालेले नयाँ सत्ता समिकरण बनाएको आरोप लगाएका छन्।

सोमवार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सो जिकिर गरेका हुन्। सांसद मोदीले संविधान संशोधन गर्ने भनेर सत्तारुढ गठबन्धनले जनतामा भ्रम छरे पनि आफूमाथि लागेको भ्रष्टाचारको आरोपबाट मुक्ति पाउने कामलाई प्राथमिकता दिएको बताए।

उनले गिरिबन्धु टि स्टेट र भूटानी शरणार्थी प्रकरण छानबिनको कामलाई वर्तमान सरकारले निरन्तरता दिन्छ कि दिँदैन? भनि प्रश्नसमेत गरे। सांसद मोदीले आफ्नो पार्टीले भ्रष्टाचारविरुद्धमा प्रतिपक्षमा रहेर सशक्त आवाज उठाउने पनि बताए।

उनले भने, ‘गिरिबन्धुदेखि भुटानी शरणार्थीसम्मका भ्रष्टाचारका कुराहरू छन्। त्यस विषयमा पहिलाको सरकारले जस्तै कामलाई निरन्तरता दिन्छ कि दिँदैन? यसलाई अगाडि बढाउँछ कि बढाउँदैन? भन्ने महत्वपूर्ण कुरा हो। एमाले र कांग्रेसले संविधान संशोधन गर्ला जस्तो मलाइ लाग्दैन। खाली उहाँहरूले आफूसँग सम्बन्धित भ्रष्टाचारसँग जोडिएका फाइल बन्द गर्नका निम्ति यो गठबन्धन गरेको हो। भ्रष्टाचारको अन्त्य नभएसम्म हामी बुलन्द आवाज लिएर जनतामा जान्छौँ।’

सांसद मोदीले सुशासनको पक्षमा दृढतापूर्वक काम गरिएको प्रचण्ड नेतृत्वको सरकारलाई हटाउने काम गरेको भन्दै कांग्रेस–एमालेप्रति आक्रोश पनि व्यक्त गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP