Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले जनताको स्वास्थ्यमाथि खेलवाड नगर्न मातहतका निकायलाई निर्देशन दिएका छन्।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले सो निर्देशन दिएका हुन्। मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरको विषय संघीय सरकारसँग जोडिएको विषय भएकाले यसमा स्थानीय तहले गर्ने काम मात्रै भर परेर नसक्ने पनि सम्बन्धित निकायलाई सचेत गराए।

खाद्य स्वच्छता र गुणस्तरको प्रश्नले मन्त्री, सचिवलगायत कृषि मन्त्रालयलाई गाँज्ने गरेको उल्लेख गर्दै उनले त्यसको चित्तबुझ्दो जवाफ दिनुपर्ने आवश्यकता पनि औँल्याए। मन्त्री अधिकारीले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी ऐन कार्यान्वयनमा केन्द्रित हुन पनि मातहतका सबै निकायको ध्यानाकर्षण गराए।

उनले भने, ‘जनताको स्वास्थ्यसँग खेलवाड गर्न त पाइएन नि। केही समस्या छन् भने मैले गर्नुपर्ने पहल हुन्छ। कहाँ जानुपर्ने म जान्छु। जनताको विश्वसनियता कसमाथि होला। यसमा विचार गर्नुहोला। त्यो प्रश्न उठ्यो भने हामीप्रतिको विश्वसनियता गुम्न पनि सक्छ। यसतर्फ हामी सजग रहनुपर्छ भन्ने म जानकारी गराउन चाहन्छु। अब हामीसँग भर्खरै भोलिदेखि लागू हुनेगरी खाद्य स्वच्छता तथा गुणस्तर ऐन कार्यान्वयन चरणमा लैजाँदै छौं। अब यो ऐनलाई हामीले जनताको स्तरमा पु¥याउनका लागि र त्यही किसिमको सेवा दिनका लागि भूमिका कसको होला ? मलाई लाग्छ–यहाँ उपस्थित हुनुभएका राष्ट्र सेवक कर्मचारीहरुको हो नि। उहाँलाई प्रोत्साहित गरेर लैजानुपर्छ।

मन्त्री अधिकारीले जनतामा विश्वास जगाउनेगरी परिणाममुखि काम गर्न मन्त्रालयका अधिकारीहरुले विशेष पहल गर्नुपर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP