Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

साना उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको छ : उद्योगमन्त्री

काठमाडौँ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्यातजन्य वस्तु साना तथा मझौला उद्योगमा प्रचुर सम्भावना रहेका भन्दै त्यस्ता उद्योगको प्रवर्द्धनमा सरकार हरतरहले लागेको बताएका छन्।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीहरुसँग भएको छलफलमा उनले उद्योग मन्त्रालय र नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पदाधिकारीबीच निरन्तर समन्वय र सहकार्य भएमा मुलुकको औद्योगिक विकासमा सहयोग पुग्ने बताए।

आत्मनिर्भर अर्थतन्त्रको बाटो भनेकै लघु, घरेलु, साना तथा मझौला उद्योग हुन् भन्दै मन्त्री भण्डारीले भने, “घरेलु तथा साना उद्योग भनेको तान बुन्ने मात्रै होइन कृषि उद्योग पनि हो, विभिन्न उत्पादनमूलक उत्पादन, जडीबुटी सङ्कलन पनि हो। यी क्षेत्रलाई अझ समृद्ध बनाउनुहोस्। त्यसका लागि सहजीकरण गर्न मन्त्रालय तयार छ।”

उद्योगी व्यवसायीलाई प्रोत्साहित गर्ने र उद्योग व्यवसायको विकासका लागि सरकार प्रतिबद्ध रहेको उद्योगमन्त्रीको भनाइ थियो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णबहादुर राउतले साना उद्योगीहरुकै लागि ‘स्टार्टअप’ कार्यक्रम ल्याइएको भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।

उद्योग क्षेत्रको विकासका लागि लघु, घरेलु तथा साना उद्योगीहरुको भूमिकाको सराहना गर्दै उनले मन्त्रालयले उद्योगको विकासका लागि वार्षिक पुस्तिका नै तयार गरेर अगाडि बढेकाले सोही अनुरुप साथ दिन महासङ्घलाई आग्रह गरे।

महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सङ्घीय संरचना अनुरुप स्थानीय, प्रदेश र केन्द्रीय सरकारको कार्यक्षेत्र र जिम्मेवारी उल्लेख गरिएको औद्योगिक नीति तर्जमा गर्न आवश्यक भएको बताए।

उनले विगतमा तीन तहकै सरकार सञ्चालनका क्रममा भोगेका अनुभवहरुको आधारमा औद्योगिक व्यवसाय ऐनमा सामयिक परिमार्जनको आवश्यकता औल्याए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP