Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

खारा खोलामा पुलको म्याद थप्दै काम अलपत्र पार्दै

सुर्खेत : छेडाचाँदे–जुम्ला सडक खण्डभित्र पर्ने जाजरकोटको साल्मा खोलामा (खारा) पक्की पुल निर्माण नहुँदा समस्या भएको छ। पुल निर्माण शुरु भएको चार वर्षसम्म आधा पिलर उठाएर बीचमै छाडेको छ।

छेडागाड नगरपालिका-१ र ४ जोड्ने साल्मा खोला (खारा)मा पुल निर्माणको जिम्मा लिएको निर्माण व्यवसायीले बीचैमा काम छोडेपछि करिब चार वर्षदेखि अलपत्र परेको हो। पूर्वाधार विकास कार्यालय, जाजरकोटले लगाएको ठेक्काको काम बीचमै अलपत्र पर्दा दैनिक यो सडक खण्डभित्र चल्ने यातायातका साधनले सास्ती भोग्नुपरेको छ।

पूर्वाधार विकास कार्यालय, जाजरकोटले साल्मा खोलामा पुल निर्माण गर्न नेपाल मेघा सिस्ने जेभी नेपालगन्जसँग २०७८ साल असोज २९ गते सम्झौता गरेको थियो । चार करोड ८८ लाख एक हजार रुपैयाँमा २०८० साल माघ २८ गते सम्पन्न गर्ने जिम्मा लिएको निर्माण व्यवसायीले दुईवटा पिलरको काम गरेर बीचमै छोडेर अलपत्र परेको छ ।

जुनीचाँदे गाउँपालिका, कुसे गाउँपालिका र छेडागाड नगरपालिकाका सबै वडाका बासिन्दाको मुख्य सडकको साल्मा खोलामा पुल नभएपछि नेपालगन्ज, सुर्खेत, काठमाडौँ आवतवाजत गर्न, स्थानीय तहमा सेवा लिन आउँदाजाँदा स्थानीयले सास्ती भोग्ने गरेको छेडागाड नगरपालिकाका इन्जिनियर प्रेम केसीले जानकारी दिए।

छेडागाड नगरपालिका प्रमुख रत्नबहादुर खड्काले पूर्वाधार विकास कार्यालयले पुल निर्माणमा ध्यान दिन नसकेको आरोप लगाए। ‘ठेक्का तोडेर अघि बढछु भन्नुहुन्छ कार्यालय प्रमुखले तर काम भने केही भएको छैन’, उनले भने‚ ‘निर्माण व्यवसायी पनि सम्पर्कमा आउन नसकेको अवस्था छ, ठेक्का अरूको भए पनि दुःख हामीले पाइरहेका छौँ।’ मेयर खड्का आफैँ पनि विभिन्न ठेक्का लिएर विभिन्न ठाउँमा काम गरिरहेका छन्।

छेडागाड नगरपालिका–१ र २ बासिन्दाले प्रशासनिक केन्द्र आउनजान वैकल्पिक बाटो नहुँदा खोलामै पस्नुपर्ने बाध्यता छ । पूर्वाधार विकास कार्यालयका प्रमुख सोहिन्दर यादवका अनुसार २०८० असार मसान्तसम्म म्याद थप मागेपछि १३ औँ संशोधनले निर्माणाधीन अवस्थाका योजनाको म्याद थप गर्ने व्यवस्थाअनुसार नेपाल मेघा सिस्ने जेभी नेपालगन्जले म्याद थपको निवेदन दिएपछि म्याद थप्दासमेत पुल निर्माणको काम सम्पन्न हुन सकेको छैन । म्याद थप्ने काम काम बाहेक अन्य कुनै पनि काम नभएको पाइएको छ।

यही ठाउँमा छेडागाड नगरपालिका, जुनीचाँदे, कुसे गाउँपालिकाका अधिकांश बासिन्दालाई यातायातमा सहजता ल्याउन छेडागाड नगरपालिकाले पहिलो कार्यकालमा साल्मा खोलामा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेटबाट करिब ८० लाखभन्दा बढी रकम खर्च गरी कजवे निर्माण गरेको थियो ।

असारमा निर्माण गरेको कजवे साउनको भेलले बगाएपछि बर्खाको समयमा सर्वसाधारणले सहज रूपमा आवतजावत गर्न मुस्किल भएको थियो । एउटै ठेक्काको काम चार वर्षसम्म काम पूरा नगरी अलपत्र पार्ने निर्माण व्यवसायीलाई यहाँका जनप्रतिनिधि तथा अन्य सरोकारवाला निकायले कुनै खवरदारी नगरेको स्थानीयले आरोप लगाएका छन्।
जाजरकोट क्षेत्र नम्बर २ का प्रदेशसभा सदस्य राजीवविक्रम शाहले पश्चिम क्षेत्रको विकास निर्माणमा भएको ढिलासुस्तीका विषयमा मतलब नगरेको उनी निकट दलकै कार्यकर्ता आरोप लगाउन थालेका छन्। यता कार्यालय प्रमुख यादवले प्रशासनको साथ नपाएको बताएका छन्। पटकपटक काम गर्नका लागि पत्राचार भए पनि उपलब्धि हुन नसकेको उनको भनाइ छ। यही पुलबाट मध्यपहाडी लोकमार्ग र भेरी करिडोर जोडिने गर्दछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP