Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

प्रतिपक्षले लेखा समितिको सभापति तत्काल पाउनुपर्छ : माधव सापकोटा

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले संघीय संसद प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले तत्काल पाउनुपर्ने माग गरेका छन्।

सोमवार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा उनले सो माग गरेका हुन्। सभापति पोखरेल अघिल्लो सार्वजनिक लेखा समितिले सो वक्यौता रकम असुली गर्न दिएको निर्देशनविपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्ने पनि उनको भनाई थियो।

‘अघिल्लो संसदको सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रंक लाइनबारे बनाएको छानबिन समितिले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो‚’ उनले भने, ‘सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस्। र अहिलेको सार्वजनिक लेखा समितिका सभापति जे रहस्यमय घटनाक्रम अगाडि बढाइराख्नुभएको छ। यसका लागि म सम्माननीय सभामुखमार्फत रुलिङ चाहन्छु।’

सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाइन वक्यौता रकम नतिरेका व्यापारीहरुसँग रहस्यमय ढंगले भेट गरेको दावी गर्दै सो घटनाको छानबिनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए। उनले सरकारले विद्यमान नियमविपरित प्राधिकरणका बोर्ड सदस्यलाई बर्खास्त गरेको दावीसमेत गरे।

‘सरकार विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुईजनालाई नियम उल्लंघन गरेर बर्खास्ती गरेको छ। म यो घटनाको जोडदार भत्सर्ना गर्न चाहन्छु‚’ उनले भने, ‘सरकार यो देशमा अटाक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP