Trending
flash ‘मिसन पार्टी जागरण अभियान’मा जुट्यो एमाले विजयनगर, वडा तहमा सक्रियता बढाउने flash कृष्णनगरबाट ४ लाख ७५ हजार नगदसहित १५ जना जुवाडे पक्राउ flash एमालेको ‘मिसन पार्टी जागरण अभियान’ अभिमुखीकरण सम्पन्न flash पानीको संकट गहिरिँदै, विजयनगरमा डीप बोरिङ बन्द गर्न गाउँपालिकाको निर्देशन flash सुख्खाले धानबाली संकटमा, विजयनगरलाई सुख्खा क्षेत्र घोषणा गर्न मन्त्रीसँग आग्रह flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न

राष्ट्रका लागि दिएको योगदान मूल्यांकन गर्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समाज र राष्ट्रका लागि दिएको योगदानलाई समय सन्दर्भअनुसार मूल्यांकन गर्नुपर्ने बताएकी छन्।

शनिवार काठमाडौंमा वामपन्थी नेता तथा पूर्व सांसद गणेश पण्डितको स्मृति ग्रन्थ लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्त्वलाई समय र सन्दर्भअनुसार मापन गर्न सक्नुपर्ने बताइन्। गणेश पण्डितको मूल्यांकन पनि सोही कोणबाट गर्नुपर्ने बताइन्।

उनले स्व. पण्डितले २०१७ सालदेखि २०४६ सम्म लादिएको निरंकुश पञ्चायती तानाशाही शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी राजनीतिमा होमिएको स्मरण गरिन्। उनले अनेक यातना र जेलनेल भोग्दा समेत कष्टपूर्ण यात्रामा राजनीतिमा होमिनु महत्त्वपूर्ण भएको बताइन्।​

उनले भनिन्‚ ‘कुनै पनि व्यक्तिले समाज र राष्ट्रका लागि दिने योगदान महत्त्वलाई समय र सन्दर्भअनुसार हामीले मापन र मूल्यांकन गर्नुपर्छ। गणेश पण्डितको मूल्यांकन पनि यही कोणबाट गरिनुपर्छ। निरंकुश पञ्चायती तानाशाही शासनको कहालीलाग्दो अवस्थामा आफ्नो प्राणलाई हत्केलामा राखी व्यवस्थाको विपक्षमा उहाँ जनपक्षीय राजनीतिमा होमिनुभएको थियो। अफ्ठ्यारो परिस्थितिमा समेत निडरताका साथ देश र जनताको पक्षमा उभिनुभयो।’

पूर्वराष्ट्रपति भण्डारीले अफ्ठ्यारो परिस्थितिमा समेत नेता र कार्यकर्ताले देश र जनताका लागि निडरताका साथ उभिनुपर्ने बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP