काठमाडौं : पोखरामा शान्तिपूर्ण विरोध गर्ने क्रममा प्रहरीले आफ्ना कार्यकर्ता र शुभचिन्तकमाथि अन्धाधुनध धरपकड गरेको प्रति रास्वपाले सरकारको धोर भर्त्सना र निन्दा गरेको छ।
सभापति रवि लामिछाने पक्राउविरुद्ध कास्कीको पोखरामा कात्तिक २० गते भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेको रास्वपाको आरोप छ।
रास्वपाले रत्न चोक हुँदै वाईचोकमा गरेको प्रदर्शनका क्रममा प्रहरीले लाठीचार्जसहित ६ सेल अश्रुग्यास प्रहार गर्नुका साथै १५ जनालाई गिरफ्तार गरेको थियो।
रास्वपाले एक विज्ञप्ति जारी गर्दै भनेको छ,’रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह प्रेरित भई गरिएको पक्राउविरुद्ध र सहकारी पीडितलाई न्यायको मागसहित कास्कीको पोखरामा हिजो भएको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी बिथोल्ने प्रयत्न गरेकोप्रति घोर भर्त्सना गर्दछौँ।’
त्यस्तै, आन्दोलनको समाचार सङ्कलन गर्न गएका पत्रकार राजकुमार माझी लगायतलाई प्रहरीले हातपात गर्नुका सागै क्यामेरा लगायतका सञ्चार सामग्री तोडफोडसमेत गरेको रास्वपाले जनाएको छ। साथै रास्वपाले प्रहरीको यस्ता घृणित कार्यको घोर निन्दासमेत गरेको छ।
साथै रास्वपाले आज पनि अपरान्ह ४ बजे मानवअधिकार चोक, पोखरालगायत देशका विभिन्न जिल्लाहरूमा विरोध कार्यक्रम गर्ने जनाएको छ। सभापति रवि पक्राउ परेयता रास्वपाले काठमाडौं, पोखरा, चितवन लागायत विभिन्न स्थानमा विरोध तथा प्रदर्शनजन्य कार्यक्रमहरू गर्दै आएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया