Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

मानव तस्करीको आरोप लागेका अधिकारीलाई एमालेले गर्‍यो निलम्बन

काठमाडौं : मानव तस्करीको गम्भीर आरोप लागेका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई नेकपा एमालेले कारबाही गरेको छ।

पार्टीका कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै अधिकारीलाई लागेको आरोप निरुपण नभएसम्मका लागि पार्टीका कुनै पनि तहमा रहन नपाउने गरी कारबाही गरिएको हो।

उनलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ।

एमालेले अधिकारीको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सार्वजनिक गर्न पनि सरकारसँग माग गरेको छ।

मन्त्रालयसँग सम्बन्धित नभएका व्यक्ति नक्कली परिचयपत्रसहित जापान लिएर गएपछि जापानको अध्यागमनले अधिकारीसहित चारै जनालाई ४८ घण्टा विमानस्थलमै रोकेर फर्काइदिएको थियो। नेपाल आइसकेपछि अधिकारीसँगै जापान गएका तीन जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ भने अधिकारी अनुसन्धानमा तानिएका छैनन्।

उनले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र आफैंले यो विषय प्रहरीलाई सूचना दिई अनुसन्धान गर्न लगाएको बताउँदै आएका छन्। उनी संघीय सरकारबाट भ्रमण स्वीकृत नगराइ विदेश गएकाले पनि उनको भ्रमणलाई शङ्कास्पद मानिएको छ।

आरोप लागेसँगै उनले मन्त्री पदबाट भने राजीनामा दिइसकेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP