गण्डकी : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले खेल पर्यटनको माध्यमबाट नेपाल–चीन सम्बन्ध थप प्रगाढ बनाउँदै विकासको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्।
पोखरा महानगरपालिका, चिनियाँ दूतावास र हिमालयन टुरिज्म फोरमद्वारा आज पोखरामा आयोजित तेस्रो ‘क्रस कन्ट्री दौड’ प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रकृति र संस्कृतिको धनी नेपालमा चिनियाँ पर्यटक आएर यहाँका प्रकृति र संस्कृतिसँग रमाउने विश्वास व्यक्त गरे।
नेपाल सरकारले सन् २०२५ लाई नेपाल–चीन पर्यटन वर्षका रुपमा मनाउन लागेको जानकारी दिँदै मन्त्री पाण्डेले पर्यटन वर्षमा धेरैभन्दा धेरै चिनियाँ नेपाल आउने र नेपालीहरूसमेत चीनका विभिन्न ठाउँमा घुम्न जाने बताए।
नेपाली र चिनियाँ नागरिक एकापसमा घुलमिल हुनु आवश्यक भएको बताउँदै उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न र कोरला नाका व्यवस्थित रुपमा सञ्चालन गर्न पहल भइरहेको बताए।
नेपाल धार्मिक पर्यटनका लागि पनि उत्तिकै महत्वपूर्ण गन्तव्य भएको बताउँदै उनले मुक्तिनाथ, पशुपतिनाथ, लुम्बिनी र जानकी मन्दिर जस्ता प्रसिद्ध स्थल रहेको उल्लेख गरे।
नेपाल–चीन कूटनीतिक सम्बन्ध भएको ७० वर्ष पुग्न एक वर्ष बाँकी रहेको बताउँदै मन्त्री पाण्डेले यो लामो सम्बन्धलाई प्रगाढ बनाउँदै नेपालले अगाडि बढ्न चाहेको बताए।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले नेपाल र चीनको सम्बन्ध प्रगाढ बनाउन दुई वर्षदेखि नेपलका विभिन्न सहरमा खेलकुदका गतिविधि सञ्चालन हुँदै आएको बताए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया