काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित जनताको घरमा जान निर्देशन दिएका छन्।
बुधवार कीर्तिपुरमा कीर्तिपुर नगरपालिकाका लागि उम्मेदवार घोषणा सभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले जनताको पक्षमा, जनताको मुक्तिका लागि एउटा नयाँ आन्दोलन शुरु गर्न आफूले चाहेको बताए। उनले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन नसकेको स्वीकार गर्दै अब आफूहरू बदलिन चाहेको बताए।
उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको कीर्तिमान कीर्तिपुरमा कायम गर्नुपर्ने बताए। उनले विगतमा निर्वाचन प्रक्रियालाई अगाडि बढाउनेमा कतिपय त्रुटि र कमी भएको बताउँदै अब जनताका घरघर पुगेर आफ्ना एजेण्डा प्रस्तुत गर्न निर्देशन दिए।
प्रचण्डले भने‚ ‘जनताले हामीबाट जे जस्तो अपेक्षा गरेको हो, हामीले राम्रोसँग पूरा गर्न सकेनौँ। हामीले जनताको आवश्यकता र चाहनालाई कतिपय सन्दर्भमा ध्यान दिन सकेनौँ। हामी बदलिन चाहन्छौँ। जनताको पक्षमा र जनताको मुक्तिका लागि एउटा नयाँ आन्दोलन शुरु गर्न चाहन्छौँ। आत्मसमीक्षा र आत्मालोचनासहित जनताको घरमा जान, टोलटोलमा जान र प्रत्येक व्यक्तिलाई भेट्न जरुरी छ।’
प्रचण्डले कीर्तिपुरका लागि पार्टी हेडक्वार्टरबाट गर्नुपर्ने कुनै पनि कमजोरी हुन नदिने प्रतिबद्धता जनाए।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया