Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एमाले इलामको अध्यक्षमा बराल निर्वाचित

 

इलाम : नेकपा एमाले इलामको अध्यक्षमा गणेश बराल निर्वाचित भएका छन्।

११ औँ अधिवेशनमा प्रतिद्वन्द्वी नरेन्द्रनाथ भट्टराईलाई १८६ मतान्तरले हराउँदै बराल अध्यक्ष निर्वाचित भएका हुन्। बरालले ३८१ मत प्राप्त गर्दा भट्टराईले १९५ मत हात पारे।

उपाध्यक्षमा उदयबहादुर राई दोहोरिएका छन्। उनले प्रतिद्वन्द्वी उमेश गुरुङलाई ६६ मतान्तरले हराएका हुन्। राईले २५० मत प्राप्त गर्दा गुरुङले १८४ मत पाए। त्यसैगरी उपाध्यक्षमा बुद्धि खनाल १३७ ले मत प्राप्त गरे। सचिवमा रामप्रसाद सुवेदी (सुवेदी) निर्वाचित भएका छन्। उनले प्रकाश अधिकारीलाई २४ मतान्तरले पराजित गरे। सुवेदीले २९२ मत प्राप्त गर्दा अधिकारीले २६८ पाए।

त्यसैगरी उपसचिव पुरुषमा रमेश राई निर्वााचित भएका छन्। राईले निकटतम प्रतिद्वन्द्वी छवि श्रेष्ठलाई लाई २६ मतान्तरले पराजित गरे। राईले १७९ मत प्राप्त गर्दा श्रेष्ठले १५३ मत प्राप्त गरे।

यस्तै यामबहादुर राईले १३४ र मानविर लुहागुनले ५६ मत प्राप्त गरे। महिला उपसचिवमा दिलकुमार लावती निर्वाचित भएकी छन्। उनले विष्णुमाया रिमाल (आचार्य) लाई ९२ मतान्तरले पराजित गरिन्। लावतीले ३०९ मत प्राप्त गर्दा रिमालले २१७ मत पाइन्।

निर्वाचनमा कुल ५८८ मतदाता भए पनि ५८१ मत मात्र झरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP