Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कांग्रेसमा मन्त्री र सांसदबीच शृंखलाबद्ध घोचपेच

डाकमान राई
काठमाडौँ : सत्तारुढ नेपाली कांग्रेसमा मन्त्री र सांसदबीच घोचपेचको शृंखला देखा परेको छ। आफ्नै पार्टीको प्रतिनिधित्व गर्दै केपी ओली सरकारमा गएका एकपछि अर्को मन्त्रीविरुद्ध कांग्रेस सांसदहरू खरो रूपमा उत्रिएका छन्।

कांग्रेस सांसद हृदयराम थानी ४ कात्तिकको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा आफ्नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकमाथि खनिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनले ओली जोडिएका ‘गिरिबन्धु टी–स्टेट जग्गा घोटला काण्डको अनुसन्धान कहाँ पुग्यो ?’ भन्दै गृहमन्त्री लेखकसामु प्रश्न तेर्स्याए।

सांसद थानीको प्रश्न थियो, ‘भ्रष्टाचारका काण्ड उठेका छन्। गिरिबन्धु टी–स्टेट बिक्रीबारे छानबिन कहाँ पुग्यो? तत्कालीन माओवादी लडाकुको क्यान्टोनमेन्टमा भएको भनिएको घोटालाको छानबिन कहाँ पुग्यो ? यती र ओम्नी प्रकरणको छानबिन अहिले कुन अवस्थामा छ? यी ठूला भ्रष्टाचार र हिनामिना प्रकरणमा सरकारले छानबिन गर्ने हो कि होइन ?’

प्रतिपक्षमा हुँदा कांग्रेसले नै गिरिबन्धु टी–स्टेट प्रकरण संसद्‌मा प्रवेश गराएको थियो। एमाले समर्थित तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारलाई फाइल खोल्न र छानबिनका लागि संसदीय छानबिन समिति बनाउनसमेत माग गरेको थियो। अहिले सत्तामा पुगेपछि आफ्नै पार्टीका सांसदले गृहमन्त्रीलाई प्रतिपक्ष शैलीमा उक्त प्रश्न सोधका हुन्।

राज्य व्यवस्था समितिकै बैठकमा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छा तामाङ) माथि उनकै पार्टी कांग्रेसका सांसदले शुक्रबार (कात्तिक ३० गते) उसैगरी प्रश्न उठाए। बैठकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले राज्यमन्त्री तामाङ जंगिने गरी प्रश्न गरेका हुन्।

‘तपाईंको कन्स्ट्रक्शन कालो सूचीमा परेको रहेछ, के भन्नुहुन्छ ?’ भन्दै भनेर शर्माले प्रश्न गरे। महामन्त्री शर्माले नै प्रश्न उठाएपछि ठेकेदार पृष्ठभूमिका राज्यमन्त्री तामाङले जंगिँदै भने ‘सांसदको टिकट पाउनुभन्दा साढे दुई वर्षअघि नै हात उठाएर कम्पनीबाट बाहिर निस्केको हुँ। अहिले कानुनले गलत ठहर गरे एक मिनेट पनि पदमा बस्दिनँ।’

कांग्रेस मन्त्री र सांसदबीचको घोचपेच तथा आरोपप्रत्यारोप यतिमा मात्र सीमित छैन। कांग्रेस सहमहामन्त्री समेत रहेका पर्यटनमन्त्री बद्री पाण्डेमाथि कांग्रेसकै अर्का सांसद राजेन्द्र बजगाईंले करोडौं घुस लिएको आरोप लगाए।

सांसद राजेन्द्र बजगाईँले पर्यटनमन्त्री पाण्डेमाथि घुस लिएर रूपन्देही तिलोत्तमास्थित रोयल टाइगर रिक्रियसनलाई क्यासिनो सञ्चालनको लाइसेन्स दिएको आरोप लगाएका हुन्। त्यसपछि मन्त्री र सांसद आरोपप्रत्यारोपमै ओर्लिए।

त्यसपछि २७ कात्तिकमा सार्वजनिक रूपमै मन्त्री पाण्डेले त्यसको प्रतिवाद गरे। करोड होइन कौडी खाएको पुष्टि गरे पनि राजनीतिक जीवन छोड्ने उनले घोषणा गरे। मन्त्री पाण्डेले भने, ‘निष्ठापूर्वक काम गरिरहँदा केही स्वार्थ समूहका मतियारले मलाई मानमर्दन गर्ने, मेरो मनोबल, आत्मबल गिराउने गरी काम गरिरहेका छन्।’

रोचक त के छ भने मन्त्री पाण्डे र बजगाईं कांग्रेसभित्र एउटै समूहमा रहेका छन्। संस्थापन इतरको शेखर गगन समूहमा रहेका उनीहरू आरोप प्रत्यारोपमा उत्रँदा पार्टी पंक्तिको धारणा भने अहिलेसम्म आएको छैन।

पर्यटन क्षेत्रलाई ध्वस्त बनाएको, वैदेशिक रोजगारीमा जाने युवाहरूलाई महँगो हवाई भाडा टिकट खरिद गर्न बाध्य बनाएको जस्ता अन्य आरोप पनि मन्त्री पाण्डेमाथि बजगाईंले लगाएका छन्। आफूमाथि आफ्नै पार्टीका सांसदले आरोप लगाएपछि मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका छन्। आफूविरुद्ध बजगाईंले शृंखलाबद्ध कु प्रचार गरेको दाबी गर्दै पार्टीको केन्द्रीय अनुशासन समिति र संसदीय दलमा बिहीबार उजुरी दिएका हुन्।

आफ्नै पार्टीका मन्त्रीविरुद्ध किन आक्रामक छन् सांसद ?

देशकै जेठो पार्टी कांग्रेसमा बोल्ने र विरोध गर्न पाउने सुविधा छ, जहाँ जसको आलोचना गर्न पनि पाउने सुविधा छ। त्यसैको फाइदा उठाउँदै आफ्नै पार्टीका मन्त्रीहरूविरुद्ध प्रतिपक्षी शैलीमा सांसदहरू उत्रिरहेका छन्।

कांग्रेस खुला रूपमा गुटगत राजनीति हुने पार्टी पनि हो। त्यसैको असर ‘मन्त्री भर्सेस सांसद’ शृंखलामा देखिएको भनौं भने एकै समूहमा रहेकाहरूबीच पनि घोचपेचकै अवस्था छ। त्यसो भए आफ्नै पार्टीका मन्त्रीविरुद्ध किन आक्रामक छन् सांसद?

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य यसलाई नेतृत्व असफल भएका रूपमा अर्थ्याउँछन्। नेतृत्वकै कमजोरीले दलीय संस्कृतिविहीन, अनुशासनहीन ‘खहरे’हरूको जन्म भएको उनको बुझाइ छ।

‘यो नेतृत्व असफल भएका​ कारण हो। नेतृत्व पंक्तिमा जो छन्, उनीहरूले अनुशानमा राख्न सकेका छैनन्। उनीहरूले नैतिक आचरण पनि प्रदर्शन गर्न र गराउन सकेका छैनन्। त्यसकारण कांग्रेसमा खहरेहरू प्रशस्तै जन्मेका हुन्, जोसँग कुनै डर देखिँदैन’, उनी भन्छन्, ‘होइन भने दलीय संस्कृति र संस्कार हुन्छ। आफूलाई चित्त नबुझेको कुरा पहिला पार्टीमा राखिन्छ, नेतृत्वले पनि तिम्रो बारेमा पार्टीमा यो–यो गुनासो छ। पार्टीमा स्पष्ट पार, कि पद छोड र आफ्नो बाटो लाग भन्नुपर्छ।’
तर कांग्रेसमा त्यस्तो खाले नेतृत्व नभएको विश्लेषक आचार्यको दृष्टिकोण छ। त्यसैको स्पष्ट उदाहरण अहिले देखिएको उनी ठान्छन्।

‘दुईवटै समूहको नेतृत्वले पार्टीलाई अनुशासनमा राख्नका लागि न मापदण्ड बनाएका छन्, न नैतिक शक्ति दिन सकेका छन्’, उनी भन्छन्, ‘त्यसैले पार्टी नेतृत्व फेल खाएको यो प्रष्ट उदाहारण म कांग्रेसमा देख्छु।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP