Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशमा फेरि आन्दोलनको आँधीबेहरी ल्याउनुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन्।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए। उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भूमिका खेल्नुपर्ने जरुरी रहेको बताए।

उनले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए। उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभई भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए।

उनले भने, ‘अहिले देशमा एकपटक फेरि हामीले एउटा नयाँ आन्दोलनको सूत्रपात गर्नुछ। नयाँ समाजवादी आन्दोलनको। नयाँ उत्पादन आन्दोलनको सूत्रपात गर्नुछ। यो नयाँ समाजवादी आन्दोलन, उत्पादनको आन्दोलनमा हामीले अग्रणी भुमिका निर्वाह गर्नुपर्छ। हामीले संविधान सभाबाट संविधान बनाउँदै गर्दा हामीले भनेको जस्तो संविधान बनेको होइन।’

अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP