Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

शान्तिक्षेत्र प्रस्तावबारे अनुसन्धाता कोइरालाको नयाँ खुलासा

काठमाडौँ : राजा वीरेन्द्रले अघि सारेको शान्तिक्षेत्र प्रस्तावबारे रहस्योद्घाटन गरिएको पुस्तक सार्वजनिक गरिएको छ।

नेपालको शान्तिक्षेत्र प्रस्तावबारे अनुमा कोइरालाले लेखेको ‘अनवेइलिङ द मिस्ट्रिज अफ नेपाल्स पिस जोन एण्ड पोलिटिकल डेडलक’ पुस्तक प्रकाशन भएको छ।

विश्वमा नेपाललाई शान्तिप्रिय मुलुकका रूपमा परिचित गराएको शान्तिक्षेत्र वर्तमान अवस्था र प्रस्तावको भारतले समर्थन नगर्नुका कारण पुस्तकमा समेटिएको छ।

आजको बदलिँदो भूराजनीतिक परिवेशमा शान्ति क्षेत्रको प्रस्तावको सान्दर्भिकता र नेपालमा भइरहेका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्तिक्षेत्र प्रस्ताव जोडिएका विषय उठाइएको छ।

बुक आर्ट नेपालले प्रकाशन गरेको पुस्तक काठमाडौँमा एक कार्यक्रमबीच विमोचन भएको हो। नेपाल-भारतबीचको सम्बन्ध र राजा वीरेन्द्रले पेश गरेको शान्तिक्षेत्र प्रस्तावबारे रहस्योद्घाटन गरिएको पुस्तक अंग्रेजी भाषामा लेखिएको छ।

विमोचन कार्यक्रममा प्राध्यापकहरूले नेपाललाई शान्तिक्षेत्र घोषणा गर्नुका आन्तरिक तथ्य पुस्तकले रहस्योद्घाटन गरेको बताएका छन्। विमोचनका क्रममा बोल्दै अधिवक्ता एवं सामाजिक अभियन्ता स्वागत नेपालले पुस्तकले पाठकलाई तमाम भ्रमबाट मुक्त गराएको बताए।

पुस्तकमा समेटिएका अनुसन्धानमा आधारित तथ्यहरू पढेपछि नेपाल दुई ढुङ्गाबीचको तरुल नभएर दुई तरुलबीचको ढुङ्गा भएको उनको भनाइ थियो।

उनले यस पुस्तकलाई पाठ्यक्रममा समावेश गर्न सके नयाँ पुस्ताले पनि ऐतिहासिक घटनाक्रमलाई सही अर्थमा बुझ्न मद्दत पुग्नेमा जोड दिए।

पुस्तकमाथि समीक्षा गर्दै कोइरालाका शोधनिर्देशक डा. निरञ्जन ओझाले विश्वविद्यालयमा पेश गर्ने अनुसन्धानपत्र एउटा निश्चित ढाँचामा बुझाउनुपर्ने भएपछि त्यसमा नअटेका विषयलाई पुस्तकका रूपमा प्रकाशन गर्न सुझाव दिएको बताए।

कोइरालाले स्नातकोत्तरमा अनुसन्धानपत्र पेश गर्ने क्रममा संकलन गरेका तथ्यलाई पुस्तकको रूप दिइएको बताइन्। विश्वमा नेपाललाई शान्तिप्रिय मुलुकका रूपमा परिचित गराउने उद्देश्यले गरिएको ‘शान्ति क्षेत्र प्रस्ताव’को आजको अवस्था र उक्त प्रस्तावलाई भारतले समर्थन नगर्नुका कारणसहितका तथ्य समेटेर पुस्तक प्रकाशन भएको कोइरालाले जानकारी दिइन्।

पुस्तकमा नेपालमा हुँदै आएका ठूला राजनीतिक परिवर्तनहरूसँग शान्तिक्षेत्र प्रस्ताव कसरी जोडिएको छ भन्नेबारे खुलासा गरिएको छ। पुस्तकले नेपाल र भारतबीचको पुरानो तर जटिल सम्बन्धका धेरै विषयलाई सतहमा ल्याएको छ। पुस्तकमा दुई देशको ‘विशेष सम्बन्ध’ले बारम्बार भोगेको अवरोधका दीर्घकालीन असरलगायतका विषय समेटिएको कोइरालाको भनाइ छ।

राजा वीरेन्द्रले सन् १९७३ को सेप्टेम्बरमा अल्जेरियामा सम्पन्न असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा शान्तिक्षेत्र प्रस्तावको अवधारणा अघि सार्दै विश्वका दुई ठूला देशबीच अवस्थित नेपालले आफ्नो भूगोल शान्ति क्षेत्र रहनुपर्ने चाहना राखेको बताएका थिए।

नेपालले असंलग्न विदेश नीति अँगाल्ने धारणा राख्दै राजा वीरेन्द्रले भनेका थिए, ‘हामीलाई सुरक्षाका लागि शान्ति चाहिन्छ। हामीलाई हाम्रो स्वतन्त्रताका लागि शान्ति चाहिन्छ र हामीलाई विकासका लागि शान्ति चाहिन्छ।’

पूर्वराजदूत प्रा.डा. मोहनप्रसाद लोहनीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेकपा मालेका अध्यक्ष सीपी मैनाली, इतिहासविद् डा. हेमन्तशमशेर जबरा र अधिवक्ता स्वागत नेपाल लगायत विशेष अतिथिका रूपमा रहेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP