Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

स्थानीय तह उपनिर्वाचन : महाबुमा एक पदमा सात उम्मेदवार

 

दैलेख : मंसिर १६ गते हुने उपनिर्वाचनका लागि दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष पदमा विभिन्न पार्टीका सातजनाले उम्मेदवारी दर्ता गराएका छन्।

मुख्य निर्वाचन अधिकृत कार्यालय महाबुले सार्वजनिक गरेको उम्मेदवार विवरणअनुसार अध्यक्षमा पदमा नेकपा एमालेबाट जंगबहादुर शाही सहितका सातजनाले उम्मेदवारी दर्ता गराएका हुन्।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा विजयी भएका शाही २०७९ को स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट उम्मेदवार भई नेपाली काँग्रेसका लछुमुन गुरुङसँग पराजित भएका थिए।

यसैगरी नेपाली काँग्रेसबाट महाबु गाउँपालिका अध्यक्ष पदमा झलक भण्डारीले मनोनयन दर्ता गरेका छन्। स्थानीय तहको निर्वाचन २०७९ मा अध्यक्षमा आकांक्षी रहेका उनी नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य हुन्।

उपनिर्वाचनका लागि माओवादी केन्द्रका जंगबहादुर बराल मगरले अध्यक्षमा मनोनयन दर्ता गराएका छन्। महाबु गाउँपालिकाको अध्यक्ष पदमा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रकाशकुमार बुढाले उम्मेदवारी दर्ता गराएका छन्।

त्यस्तै राप्रपाबाट सुर्जे रावत, नेपाल मजदुर किसान पार्टीबाट दुर्गबहादुर मगरले मनोनयन दर्ता गराएका छन्। नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष पदमा जगतबहादुर हमालले मनोनयन दर्ता गराएका छन्।

उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट महाबु गाउँपालिका-५ बाट वडाध्यक्षमा विजयी भएका थिए। गाउँपालिकाका अध्यक्ष लछुमुन गुरुङको २०८० माघ २७ गते हृदयघातका कारण निधन भएपछि महाबुमा मंसिर १६ गते उपनिर्वाचन हुन लागेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP