Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

युएनडिपीले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने

 

काठमाडौं : संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीले नेपाललाई जलवायुजन्य कार्यमा सहयोग गर्ने भएको छ।

विश्व जलवायु सम्मेलनमा सहभागी नेपाल सरकारको प्रतिनिधिमण्डल र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको टोलीबीच अजरबैजानको बाकुमा भएको दुईपक्षीय भेटवार्तामा संयुक्त राष्ट्रसंघका सहमहासचिव मार्कोस नेटोले जलवायु कार्यमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन्।

जलवायु सम्मेलन केन्द्रमा भएको द्विपक्षीय भेटमा नेपालको तर्फबाट वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खराल नेतत्वको टोली सहभागी थियो। छलफलमा युएनडिपीले नेपालमा सञ्चालित कार्यक्रमको समीक्षा गर्दै आगामी दिनमा नेपाललाई दिने विशेष कार्यक्रम सम्बन्धमा कुराकानी भएको सचिव खरालले जानकारी दिए।

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमका नीति तथा कार्यक्रम व्यूरो निर्देशकसमेत रहेका मार्कोसले दुईपक्षीय भेटमा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमले राष्ट्रिय निर्धारित योगदान (एनडिसी ३) बनाउने तथा कार्यान्वय योजना बनाउने सन्दर्भमा सहयोग गर्ने प्रतिबद्धता जनाएको युएनडिपी नेपालका प्रतिनिधि दीपक केसीले जानकारी दिए।

भेटवार्ता पछि बाकुस्थित न्युज एजेन्सी नेपालका प्रतिनिधि कृष्णा पौडेललाई संक्षिप्त प्रतिक्रिया दिँदै सहमहासचिव मार्कोसले नेपालको सम्मुन्नत विकासमा युएनडिपीले नेपाल सरकारसँग सहकार्य र साझेदारी गर्न सधैँ तयार रहेको बताए। साथै नेपालले हिमालको मुद्दा र हानि नोक्शानीको मुद्दालाई जोडका साथ उठाएको भन्दै प्रशंसा गरे।

उनले जलवायु अनुकूलन कार्य, हानि नोक्शानी तथा पेरिस सम्झौताको धारा ६ अन्तर्गत कार्बन व्यापार लगायत क्षेत्र युएनडिपिको प्राथमिकताको क्षेत्र भएकोले नेपाल सरकारसंग सहकार्य गर्ने प्रतिवद्धता जनाएका छन्। उनले विशेष गरेर जलवायु प्रतिबद्धता, स्केलालगायत कार्यक्रमहरुलाई नेपाल सरकारसंगको सहकार्यमा सञ्चालन गरिने बताए।

युएनडिपिले राष्ट्रिय जैविकविविधता रणनीति र कार्य योजना बनाउन नेपाल सरकारलाई सहयोग गरिरहेको छ। नेपालस्थित युएनडिपी कार्यालयले विभिन्न कार्यक्रम तथा परियोजनामार्फत नेपालको समग्र विकासको क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP