Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कपिलवस्तुमा माओवादी पार्टी प्रवेशको लहर, सयौंको सहभागिता

कपिलवस्तु – नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० मा पार्टी प्रवेश गर्नेहरूको लहर बढेको छ। नेकपा ९एमाले०, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत अन्य पार्टीहरूबाट सयौंको संख्यामा कार्यकर्ताहरू माओवादी केन्द्रमा समाहित भएका छन्।

योङ कम्युनिस्ट लिग ९वाईसीएल० नेपाल कपिलवस्तु शाखाको दोस्रो जिल्ला समन्वय भेला तथा प्रशिक्षण कार्यक्रममा विभिन्न स्थानीय तहका नेताहरू र कार्यकर्ताहरूले माओवादीमा प्रवेश गरेका हुन्। कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल कपिलवस्तुका जिल्ला सदस्य भागरथी थारु, विन्णु सुनार, बाणगंगा नगर सदस्य अजय मिश्र, विन्णु थारु, सूर्यलाल थारुलगायतका व्यक्तिहरूले माओवादी केन्द्रमा समर्पण गर्ने घोषणा गरे।कार्यक्रममा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव एवम् पूर्वमन्त्री चक्रपाणी खनाल ९बलदेव०ले सहभागीहरूलाई स्वागत गर्दै देशभर माओवादी केन्द्रमा प्रवेश गर्नेको लहर चलेको दाबी गरे। उनले भने, ूजनताले अहिले बुझिसकेका छन् कि जनताको मुद्दा उठाउने पार्टी भनेकै माओवादी हो।ू

खनालले वर्तमान सरकार भ्रष्टाचारमा डुबेको भन्दै यसको आयु धेरै लामो नरहने दाबी पनि गरे। उनका अनुसार, माओवादी केन्द्रले जनताको आवाज बुलन्द गर्ने एक मात्र राजनीतिक शक्ति भएकोले जनताले फेरि माओवादीको नेतृत्वलाई विश्वास गर्न थालेका छन्।

कार्यक्रममा कपिलवस्तुका विभिन्न नगरपालिकाहरू – कृष्णनगर, शिवराज, महाराजगञ्ज, र बुद्धभूमीका सयौं कार्यकर्ताहरू पार्टी प्रवेश भएका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP