Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

झापाका चौमेन्द्रले डडेल्धुरालाई बनाए उत्कृष्ट

 

काठमाडौं : गृह मन्त्रालयले ७७ वटै जिल्लाको तीन महिने कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरेको छ। कार्यसम्पादन मुल्यांकनमा डडेल्धुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको छ।

२९ दशमलव ५ पूर्णाङ्क रहेको मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराले २९ दशमलव ०७५ अंक ल्याउन सफल भएको छ।

डडेलधुराका प्रमुख जिल्ला अधिकारी चौमेन्द्र न्यौपाने छन्। झापाका उनी गत बैशाखदेखि डडेल्धुराकामा प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत छन्। गृहमन्त्रालयले सार्वजनिक गरेको सूचीमा दोस्रो नम्बरमा पाल्पा जिल्ला रहेको छ। पाल्पाले सोही अंक प्राप्त गरे पनि दोस्रो स्थानमा रहेको छ।

मन्त्रालयले मातहतका जिल्ला प्रशासन कार्यालयहरुको कार्य सम्पादनका लागि ६० भन्दा बढि सुूचकहरू तयार पारेको थियो। जिल्लाको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुरक्षा योजना, कारागारको सुरक्षा, स्थानीय तहमा शान्ति सुरक्षा तथा सेवा प्रवाह, राजमार्ग अवरोधरहित संचालन गर्ने कार्ययोजना निर्माण र कार्यान्वयनका विषयहरू सूचकका रुपमा रहेका थिए।

यस्तै अन्तर्राष्ट्रिय सीमा सुरक्षा, मुद्दाहरूको फस्यौट, द्वन्द्व पीडितहरुको राहत वितरण तथा भत्ता वितरण, नागरिकता तथा पासपोर्ट वितरण, राजस्व चुहावट नियन्त्रणका विषय पनि मूल्यांकनको सूचकमा थिए।

यस्तै उपभोक्ताहित बजार अनुगमन, लागुऔषध नियन्त्रण, विपत जोखिम न्यूनीकरण लगायतका विषय पनि समावेश रहेको गृहमन्त्रालयले जनाएको छ।

यी सूचकहरूमा सर्वोत्कृष्ट काम गरेको भन्दै डडेलधुरा जिल्ला प्रशासन कार्यालय पहिलो बन्न सफल भएको प्रजिअ न्यौपानेले बताए।

२०६० सालमा निजामती सेवामा कार्यरत न्यौपाने २०६३ सालबाट निरन्तर गृह मन्त्रालय मातहतमा सेवारत रहेका छन्। उनी सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारी हुँदै कामु प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा थिए।

यस्तै रसुवामा पनि प्रमुख जिल्ला अधिकारी भइसकेका न्यौपानेले राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागमा निर्देशकका रुपमा काम गरिसकेका छन्। डडेलधुरामा प्रमुख जिल्ला अधिकारी हुनु अघि न्यौपाने झापामा सहायक प्रमुख जिल्ला अधिकारी थिए।

कार्यसम्पादन मूल्यांकनमा पर्सा जिल्ला सबैभन्दा कमजोर देखिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP