Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

चीन उडिन् परराष्ट्रमन्त्री आरजु राणा

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवा चीनको लागि प्रस्थान गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको तयारीका लागि मन्त्री राणा आज त्रिभुवन विमानस्थलबाट चीन प्रस्थान गरेकी हुन्। उनी छेङ्दुका लागि प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

मन्त्री राणाले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा द्वीपक्षीय भेटवार्ता गर्ने तय भएको छ। भेटवार्तामा प्रधानमन्त्री ओलीको भ्रमणका एजेण्डा, दुई देशको आपसी हितलगायतका विषयमा छलफल हुनेछ।

त्यसपछि मन्त्री राणा पर्सि शनिबार काठमाडौं फर्किने तालिका छ। फेरि प्रधानमन्त्रीको भ्रमण टोलीमा सहभागी भएर राणा बेइजिङ जाने कार्यतालिका छ।

प्रधानमन्त्री ओली मंसिर १७ गते सोमबार चीनको औपचारिक भ्रमणमा जाँदै छन्। यो भ्रमणका क्रममा बिआरआई परियोजना कार्यान्वयनका विषयमा सम्झौता गर्ने सरकारको तयारी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP