Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

देशमै रोजगारी सिर्जना गर्न सरकारलाई कांग्रेसको सुझाव

 

काठमाडौं : नेपाली काँग्रेसले युवाहरुको भावना बुझेर देशमै रोजगारी सिर्जना गर्न सरकारलाई सुझाव दिएको छ। काँग्रेस नेता भूपेन्द्रजंग शाहीको नेतृत्वमा मेचीनगरदेखि महेन्द्रनगरसम्म गरेको युवा संकल्प यात्राको निचोड सार्वजनिक गर्दै काँग्रेसले सो सुझाव पेश गरेको हो।

बिहीबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा नेता शाहीले सरकारले छिटोभन्दा छिटो युवालाई रोजगारी सिर्जना हुने कामहरु गर्नुपर्ने माग आम जनता र युवाहरुको रहेको बताए। उनले बेरोजगारीको विकराल अवस्थाका कारण युवाहरु आक्रोशित भएको र युवाहरुको आक्रोशलाई नजरअन्दाज गर्दा भविष्यमा ठूलो विद्रोह पैदा हुनसक्ने चेतावनी दिए।

उनले आफ्नो दलको सरकार रहेपनि आफूहरुले युवा, बेरोजगार पीडितहरुको पक्षमा, सहकारी पीडितको पक्षमा, महंगीको मारमा परेका आम जनताको पक्षमा, किसानको पक्षमा, मजदुरको पक्षमा आवाज उठाउनुपर्ने अवस्था रहेको बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वयं सडकमा चक्का जाम गरेर भाषण गर्नुपर्ने अवस्थाले युवाहरु आक्रोशित हुन स्वभाविक रहेको पुष्टि हुने उनको जिकिर थियो।

उनले भने, ‘प्रधानमन्त्री स्वयं आएर सडकमा चक्का जाम गरेर भाषण गर्नुहुन्छ भने हामी युवाहरुले जनताको पक्षमा, युवाको पक्षमा आवाज उठाएर हिँड्ने कुरा त्यो अस्वभाविका होइन। हामी हाम्रो सरकारलाई पनि के आग्रह गर्न चाहन्छौँ भने देशभर हामी हिँड्यौँ । युवाहरुको कुरा सुन्यौँ । बेरोजगारीको यस्तो विकराल अवस्था छ आज देशमा, युवाहरुमा यति ठूलो आक्रोश छ, त्यो सबैलाई थाहा छ। हाम्रो पार्टीका नेताहरु, हाम्रो सरकार यो कुरालाई नजरअन्दाज गरेर खालि सत्तामा मात्रै रमाइरहने हो भने भोलि ठूलो समस्या आउनसक्छ।’

नेता शाहीले आम जनताले अहिले सबैभन्दा बढी सरकार र राजनीतिक दलहरुसँग भ्रष्टाचार नियन्त्रणमा जोड दिनुपर्ने चाहना राखेको बताए। कार्तिक २३ गतेबाट मेचीनगरदेखि शुरु भएको युवा संकल्प यात्रा मंसिर ४ गते महेन्द्रनगरमा सम्पन्न भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP