Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

भैरहवा विमानस्थल दीर्घकालीन सञ्चालन हुन सबै संयन्त्र लाग्नुपर्छ : महानिर्देशक अधिकारी

 

काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न राज्यका सबै संयन्त्र लाग्नुपर्ने बताएका छन्।

बिहीबार लुम्बिनीमा भएको लुम्बीनीमा ‘लगानीः अवसर र चुनौती’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानिर्देशक अधिकारीले यस्तो बताएका हुन्। उनले गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल दीर्घकालिन रुपमा सञ्चालन गर्न नागरिक उड्डयन प्राधिकरण मात्रैको पहलले सम्भव नभएको बताए।

उनले त्यसको लागि राज्यका सम्पूर्ण संयन्त्रहरुको पनि साथ र सहयोग आवश्यक रहेको बताए। महानिर्देशक अधिकारीले सरकारले सबैभन्दा पहिला हवाई ट्राफिक व्यवस्थापनको लागि भैरहवा,पोखरामा उडान गर्नुपर्ने नीति बनाउन आवश्यक रहेको बताए।

उनले सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा जाने वातावरण बन्ने बताए। उनले हवाई ट्राफिकलाई भैरहवा उडान अनिवार्य नगरेसम्म भैरहवा विमानस्थलको दीर्घकालीन उडानको कल्पना गर्न नसकिने बताए।

उनले भने,‘सरकारले श्रमिक उडान भैरहवाबाट गर्ने भनेपछि सबै म्यानपावरहरु भैरहवा आउँछन्। हवाई ट्राफिकलाई सेक्रिग्रेट नगरेसम्म आजको दिनसम्म भैरहवा विमानस्थलको दीर्घकालिन उडानको कल्पना गर्न पनि सकिँदैन। अहिले डण्डा लगाएर भैरहवा विमानस्थलमा उडान पठाएको हो । कति दबाब छ मलाई मात्रै थाहा छ। कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु आए। राज्यले आफ्नो शक्ति देखाउन सक्दा सबै कुराहरु सम्भव छन्।’

उनले राज्यले शक्ति देखाउँदा कम्तीमा अहिले ६ वटा एयरलाइन्सहरु भैरहवा विमानस्थलबाट उडान गरेको बताए। उनले नेपालमा विमानस्थल बढ्दो क्रममा रहे पनि विमानको संख्या घट्दो अवस्थामा रहेकाले पनि समस्या देखिएको बताए। उनले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससँग १० देखि १२ वटा जहाज भएको भए सहुलियतसमेत दिनुपर्ने अवस्था नभएको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP