Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारले शिक्षालाई उच्च प्राथमिकता दिएन : प्रचण्ड

 

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले शिक्षालाई उच्च प्राथमिकता दिन नसकेको बताएका छन्।

शुक्रवार काठमाडौँमा निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)द्वारा आयोजित तेस्रो अन्ताराष्ट्रिय शैक्षिक सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षालाई सरकारले उच्च प्राथमिकता दिने भने पनि व्यवहारमा लागू हुन नसकेको जिकिर गरे। उनले प्राकृतिक प्रकोपले शिक्षा क्षेत्र प्रभावित हुने गरेको बताए।

उनले संकटको परिस्थितिमा विद्यालयको पुनःनिर्माण, पुनःस्थापना, अनलाइन कक्षाको सञ्चालन र विद्यार्थी सहायता कार्यक्रममा निजी क्षेत्रबाट हुने सहयोग र सहकार्य निकै महत्त्वपूर्ण हुने बताए। उनले यस्ता क्रियाकलापबाट नै निजी विद्यालय केवल नाफा आर्जन गर्न मात्र नभई सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उत्तिकै तत्पर छन् भन्ने मान्यता स्थापित हुने बताए। उनले नेपालको शिक्षा विकासमा चुनौती रहेको बताए।

प्रचण्डले भने, ‘शिक्षा समाजको शक्ति हो। विकसितभन्दा विकसित देशका लागि पनि पहिलो प्राथमिकता शिक्षामा सुधार नै हुने गर्दछ। जतिसुकै ठूला कुरा गरे पनि सरकारले शिक्षालाई प्राथमिकतामा राख्न सकेको छैन। नेपालको शिक्षा विकासमा चुनौती पक्कै पनि छन्। यी छन्। प्राविधिक, सामाजिक र आर्थिक पक्षसँग पनि सम्बन्धित छ।’

अध्यक्ष प्रचण्डले आगामी अधिवेशनबाट शिक्षा ऐनलाई पारित गर्ने वातावरण बनाउन आफूले पहल गर्ने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP