Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

उपनिर्वाचन : अधिकांश ठाउँको परिणाम आइसक्दा यी ठाउँमा मतगणनै सुरु भएन

 

काठमाडौं : स्थानीय तह उपनिर्वाचनमा परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ। मतदान भएका ४१ स्थानमध्ये अधिकांशको नतिजा आइसकेको छ। तर कतिपय ठाउँमा भने मत गणना सुरु नै भएको छैन।

उदयपुरको बेलका ९ मा विवाद हुँदा मत गणना सुरु हुन सकेको छैन। यस्तै, हुम्लाको सार्केगाड गाउँपालिकामा पनि अहिलेसम्म गणना सुरु भएको छैन। त्यहाँ एक सार्केगाड गाउँपालिका उपाध्यक्षका लागि उपनिर्वाचन भएको हो।

यसैगरी दोलखाको गौरीशंकर गाउँपालिकामा पनि एक उपाध्यक्षकै लागि आइतबार मतदान भएको भएपनि मत गणना सुरु भएको छैन। त्यहाँ एक पदका लागि १६ उम्मेदवार प्रतिस्पर्धामा छन्।

रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकामा मतगणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो अपडेटअनुसार त्यहाँ माओवादी केन्द्रका नरपुरा बुढाले अग्रता लिएकी छन्।

यता, काठमाडौंको कीर्तिपुर नगरपालिकामा पनि मत गणना जारी छ। जहाँ जहाँ निरन्तर कांग्रेसको अग्रता छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP