Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

चीन भ्रमणमा स्वास्थ्यको एजेण्डा : न्यूरो अस्पताल निर्माणदेखि ५० वटा एम्बुलेन्स

सविना खनाल
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सहितको नेपाली प्रतिनिधिमण्डल चीनको औपचारिक भ्रमणका लागि चीनको बेइजिङ प्रस्थान गरेको छ।

चीनका प्रधानमन्त्रीको मैत्रीपूर्ण निमन्त्रणामा चीन गएका प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा विभिन्न सहयोगका विषयमा हस्ताक्षर गर्ने कार्यतालिका छ। जसमा स्वास्थ्यतर्फका विभिन्न एजेण्डा पनि समावेश भएको बताइएको छ।

‍स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिसमा ओलीको उक्त भ्रमणका क्रममा दुईवटा महत्त्वपूर्ण र अन्य स्वास्थ्य सेवाका एजेण्डा पनि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गरेको पहिलो र महत्त्वपूर्ण प्रस्ताव भनेको काठमाडौँमा सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल निर्माणको विषय रहेको छ। चीनले न्यूरो अस्पताल निर्माणमा सहयोग गर्न इच्छा देखाइसकेको छ। चीन सरकारबाट यसका लागि डिपिआर समेत माग भएको छ।

दोस्रो विषय भनेको भरतपुरस्थित रहेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र काठमाडौँमा रहेको निजामती अस्पतालको सेवा सुविधा विस्तार गर्ने विषय रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए। उनका अनुसार निजामती अस्पतालको सेवा विस्तारको एजेण्डा सामान्य प्रशासन संघीय मामिला मन्त्रालयबाट गएको भए पनि अन्य एजेण्डा स्वास्थ्य मन्त्रालयबाटै सिफारिस भएको हो। बीपी कोइराला क्यान्सर अस्पताल र निजामती अस्पताल चीन सरकारकै सहयोगमा निर्माण भएका हुन्।

सरकारी तहबाट छुट्टै सेवा दिने सुपरस्पेसियालिटी सेवा सहितको न्यूरो अस्पताल हालसम्म स्थापना नभएको अवस्थामा सरकारले तरकारी तहबाटै छुट्टै न्यूरो अस्पताल स्थापना गर्ने योजना यसअघि नै अघि सारेको छ। सोही अस्पताल निर्माणका लागि चीन सरकारसँग सहयोग माग्न खोजेको प्रवक्ता डा. बुढाथोकीले बताए।

यसका साथै स्वास्थ्य मन्त्रालयले चीन सरकारबाट अत्याधुनिक सेवा सहितका ५० वटा एम्बुलेन्स समेत दिएर सहयोग गर्न माग गर्ने र कास्कीस्थित पोखरा महानगरका लागि इसिजी‚ इको तथा केही थान भिडियो एक्सरे मेसिनहरू समेत सहयोग गरिदिन प्रस्ताव राख्न सिफारिस गरिएको प्रवक्ता पौडेलले बताए। ‘हामीले ५० थान सुविधासम्पन्न एम्बुलेन्स र न्यूरो अस्पताल निर्माणका लागि सहयोग गर्न नयाँ प्रस्ताव पठाएका छौँ, बिपी कोइराला अस्पताल र सिभिल उहाँहरूकै सहयोगमा बनेका हुन्। अहिले त त्यहाँको स्तरोन्नतिका लागि मात्रै सहयोग प्रस्ताव हो’‚ डा. बुढाथोकीले भने।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP