Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सभापति र महामन्त्रीको ‘महामिलन’ले छटपटिएका शेखर : सदावहार सत्ताको आलोचनादेखि समानान्तर भेलासम्म

 

डाकमान राई
काठमाडौँ : नेपाली कांग्रेसमा पन्ध्रौँ महाधिवेशन केन्द्रित गुटगत गधिविधि बाक्लिएको छ। मिति निश्चित नभए पनि संस्थापन र इतर समूहले महाधिवेशन केन्द्रित रणनीति तथा छुट्टाछुट्टै गतिविधि अघि बढाइरहेका छन्।

विधानतः समयमै महाधिवेशन भए २०८२ को पुस सेरोफेरोमा कांग्रेसको पन्ध्रौँ महाधिवेशन हुन्छ। समयमै महाधिवेशन हुनुपर्नेमा जोड दिँदै आएको नेता शेखर कोइराला पक्षले पार्टीको आधिकारिक कोशी सम्मेलन अघि १९ मंसिरमा भेला आयोजना गर्‍यो।

संस्थापन पक्षले उक्त कार्यक्रम रोक्ने प्रयास नगरेको होइन। केन्द्रीय कार्यालयले कोशीका १४ वटै जिल्ला सभापतिलाई पत्राचार गर्दै २२ गतेअघि पार्टीको कुनै कार्यक्रम नभएको प्रष्ट्याएको थियो।

तर त्यसका बाबजुद पनि गृह प्रदेश कोशीमा कोइरालाले प्रदेशस्तरीय पालिका सभापतिहरूको भेला बोलाएर कसैको डर धम्की नमानी अघि बढ्न आग्रह मात्र गरेनन्, उनीहरूको संरक्षणको ग्यारेन्टी पनि लिए।

कोइरालाले विराटनगरमा आयोजित उक्त भेलामा सहभागीहरूलाई भने, ‘कसैको डर, धाक धम्कीबाट नआत्तिनुस्। निष्फिक्री घर फर्किनुस्, तपाईँहरूको संरक्षण म गर्छु।’

 

यद्यपि उक्त भेलाको आयोजना विराटनगर महानगर समितिले गरेकाले पार्टीकै आधिकारिक भएको दाबी इतर समूहको छ। भेलामा करिब कोशीका सबैजसो पालिकाका पार्टी सभापतिहरू सहभागी भएको दाबी कोइराला पक्षको छ।

कोइरालाका निकट नेता दिनेश थपलिया १३२ पालिका सभापतिहरू कार्यक्रममा सहभागी भएको र उक्त कार्यक्रम पार्टीकै आधिकारिक रहेको बताउँछन्।

‘महानगर समितिले कार्यक्रम गर्न पाउँदैन र ? त्यो महानगर समितिले गरेको कार्यक्रम थियो’, उनी भन्छन्, ‘यो समानान्तर पनि होइन, गुटको भेला पनि होइन। गुटको भन्ने हो भने हाम्रो पक्षमा ११३ जना सभापति हुनुहुन्न। जब कि भेलामा ११३ जना पालिका सभापतिहरू सहभागी हुनुभएको थियो। त्यसकारण यो पार्टीकै महानगर कमिटीले गरेको कार्यक्रम हो।’

संस्थापन पक्षका नेताहरू भने कोइराला पक्षीय भेलाबारे बोल्न चाहँदैनन्। कांग्रेस कोशीका सभापति उद्धव थापा उक्त भेलाबारे आफूले नजान्ने भन्दै २२ मंसिरका पार्टीको आधिकारिक सम्मेलनमा संघसहित प्रदेशका सबै नेताहरू सहभागी हुने बताउँछन्।

‘अस्तिको भेलाको कुरा म जान्दिनँ‚ कसले के गर्‍यो ? को गए‚ गएनन्? तर कांग्रेसको प्रदेश सम्मेलन भोलि शनिबार हुँदै छ’, उनी भन्छन्, ‘भोलिको कार्यक्रममा संघ, प्रदेशदेखि जिल्ला र पालिकाका सभापतिहरू आउनुहुन्छ।’

त्यसो त कोइराला कांग्रेसमा सधैँका प्रतिपक्षी हुन्। यति वेला आफ्नै पार्टी सम्मिलित दुईतिहाइ शक्तिशाली सरकारप्रति सन्तुष्ट छैनन्। १०० दिन (हनिमुन पिरियड) अघिदेखि नै कांग्रेस–एमाले गठबन्धन सरकारको काम कारबाहीप्रति उनले असन्तुष्टि जनाउँदै आएका थिए।

जब कि कोइरालाले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारमा पार्टी रहेका वेला पहिलो दल कांग्रेस र दोस्रो ठूलो दल एमाले मिल्नुपर्छ भनेर वकालत गरेका थिए। उनले कोशी प्रदेशमा आफू निकटका नेता केदार कार्कीलाई एमालेकै समर्थनमा मुख्यमन्त्री समेत बनाएर त्यसको सुरुवात गरेका पनि थिए।

कांग्रेसमा गुटको राजनीति मौलाउनु वा एकअर्काको आलोचना गर्नु त सामान्य हो तर पार्टी अनुशासन एवं निर्देशनविपरीत समानान्तर गतिविधिमै चाहिँ नेता कोइराला किन अघि बढिरहेका छन्?

महामन्त्रीसमेत रहेका आफूनिकटका नेता गगन थापा टाढिदै गएपछि आफू कमजोर हुनबाट जोगिन कोइरालाले आक्रामक गतिविधि गरिरहेको कतिपयको बुझाइ छ ।

पछिल्लो समय पार्टी सभापति देउवासँग महामन्त्री थापाको निकटता बढ्दो छ। विधानतः अब पुनः सभापति लड्न नपाउने भएपछि देउवाले आफ्नै उत्तराधिकारीका रूपमा थापालाई अघि सार्ने त होइनन् भन्ने आशंका कांग्रेस वृत्तमा छ।

त्यसो १५औं महाधिवेशनमा सभापतिका लागि सहयोग गर्ने वचनपछि महामन्त्री थापालाई संसदीय दलको नेताको प्रतिस्पर्धामा कोइरालाले सघाएको भनिएको थियो। तर पछिल्लो समय आफैं सभापतिमा भिड्ने रणनीतिमा थापा देखिएपछि आफ्नो अस्तित्व रक्षाका लागि कोइराला प्रयासरत रहेको विश्लेषकहरू औंल्याउँछन् ।

राजनीतिक विश्लेषक चन्द्रकिशोर आफ्नो अस्तित्व देखाउन नेता कोइराला लागिपरेको ठान्छन्। सभापति र महामन्त्रीको छायाँमा पर्ने चिन्ता कोइरालामा रहेकाले पछिल्लो गतिविधि गरिरहेको उनी ठान्छन्।

‘शेखरजी अहिले पार्टीभित्र सभापति देउवाले मनोनीत गरेको केन्द्रीय सदस्यका रूपमा हुनुहुन्छ। भावी नेतृत्वको प्रतिस्पर्धी भएपछि स्वभाविक रूपमा उहाँ आफ्नो स्पेशका लागि आफ्नो अस्तित्व देखाउन खोजिराख्नुभएको देखिन्छ’, उनी भन्छन्, ‘महामन्त्री जुनसुकै मञ्चमा वैधानिक रूपमा पुग्छन्। शेखरजीलाई त्यो छुट हुँदैन। त्यसमाथि सभापति र महामन्त्रीको महामिलन हुने संकेत देखेपछि मेरो पनि अस्तित्व छ, छायामा नपरूँ भनेर यो गरिराख्नुभएको देखिन्छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP