Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

व्यवसायीको बाँकी भुक्तानी १० दिनभित्रै आउँछ : मन्त्री दाहाल

 

 

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले १० दिनभित्रै निर्माण व्यवसायीहरुले बाँकी भुक्तानी पाउने दाबी गरेका छन्।

१७ औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शनिबार काठमाडौंमा प्रभातफेरी कार्यक्रममा सहभागी हुँदै मन्त्री दाहालले सो घोषणा गरेका हुन्। उनले निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरु अघि बढ्न नसक्ने उल्लेख गर्दै निर्माण व्यवसायीहरुको भुक्तानी प्रक्रिया अघि बढाउनका लागि आफूले शुक्रबार नै हस्ताक्षर गरिसकेको बताए। उनले असोजको बाढी पहिरोले निर्माण सामग्री उत्पादन र आयातमा समस्या भइरहेकोप्रति सरकार गम्भीर रहेको बताए। निर्माण व्यवसायीहरुका समस्या छिटै समाधान गर्ने प्रतिबद्धता जनाए।

उनले समयमै राज्यले निर्माण व्यवसायीहरुको भुक्तानी दिन नसक्दा अहिलेको समस्या आएको जिकिर गरे।

उनले भने, ‘निर्माण क्षेत्र बिना विकास निर्माणका कामहरु अघि बढ्न सक्दैनन्। भौतिक पूर्वाधार मन्त्रालयको तर्फबाट यहाँहरुले पाउनु हुने भुक्तानी मलाई लाग्छ, हामीले अवधि त तोक्दै तोक्दै गयौँ, यति समयभित्र यहाँहरुले भुक्तानी पाउनुहुन्छ भनेर। केही भुक्तानीहरु मिलाएर दियौँ पनि। तर अब हामीले १० देखि १२ दिनभित्र नै मैले हिजो मात्रै त्यो फाइलमा साइन गरिसकेको छु। १० दिन कट्दैन होला।’

मन्त्री दाहालले आगामी बजेट बनाउनुपूर्व नै पूर्वतयारीका साथ योजनाहरु बनाएर काम अघि बढाउने प्रतिवद्धता जनाए। खरिद नियमावली १३ औं संशोधनमा भएका कमजोरीलाई पनि मिलाएर लैजाने बताए। खरिद ऐनले धेरै समस्यामा पारेको उल्लेख गरे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP