Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

कालोझण्डा देखाउन छाडेर पर्यटन विकासमा लागौँ : मुख्यमन्त्री कार्की

 

विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्।

आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि हासिल गर्न सकिने भएकाले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नु पर्नेमा जोडदिएका हुन्।

अब वार्ता र संबादबाट सबै कुरा हल गर्दै पर्यटन प्रर्वद्धनमा लाग्न मुख्यमन्त्री कार्कीले आग्रहसमेत गरे। विकास र सम्वृद्धिका लागि पर्यटन नै मुल आधार भएको बताउँदै उनले विकासको कायापलट गर्न सकिने बताए।

प्रदेशको सामर्थ्य, पहिचान र विकास नै पर्यटन भएको बताउँदै उनले यसबाट सम्वृद्धि हासिल गर्न सकिनेमा जोड दिए।

सो कार्यक्रममा स्वीस सरकारकी राजदूत डा डेनियलले पदमार्गमार्फत आर्थिक उन्नति, रोजगारी र अवसरहरु खोजी हुने बताए। उनले संघीयतालाई बलियो बनाउनका लागि स्वीस सरकार नेपाल सरकारसँग हातेमालो गर्दै अघि बढेको बताए।

कोशी प्रदेशमा पर्यटनको नयाँ सम्भावनालाई ध्यानमा राखेर स्वीस सरकारको सहयोगमा २०८५ साल साउन सम्ममा परियोजना सक्ने गरी पदमार्गमा आधारित पर्यटन विकास आयोजना सुरु गरिएको हो। स्वीस सरकारको १ अर्ब ३५ करोड १५ लाख, कोशी प्रदेश सरकारको ४५ करोड ८७ लाख, कोशी प्रदेशका २९ वटा स्थानीय तहको ४४ करोड ६७ लाख र नेपाल सरकारको १९ करोड ९२ लाख गरेर परियोजनाको लागत २ अर्ब ४५ करोड ६१ लाख रहेको छ।

यो परियोजनाअन्तर्गत चियाबारी पदमार्ग इलाम फिक्कल श्रीअन्तु, फाल्गुनन्द पदमार्ग ९ फिदिम, छिन्ताप्पु, सन्दकपुर, माइपोखरी, इलाम लालीगुराँस पदमार्ग ९ तुम्लिङटार, खादबारी, नुम गुफा पोखरी, बसन्तपुर, जलजले, तीनजुरे, मिल्के० र मुन्धुम पदमार्ग ९तावाभञ्ज्याङ, ट्याम्केडाँडा, चखेवा, डालसिंगे, धोत्रे, जलजले, हाँसपोखरी, मयुङ्डाँडा छन्।

कोशी प्रदेश सरकारका अनुसार यो पदमार्ग परियोजनाले कोशी प्रदेशको सम्वृद्धि र विकासका लागि सहयोग पुग्ने छ।

कोशी प्रदेश सरकारका वन वातावरण तथा पर्यटनमन्त्री सदानन्द मण्डलले यो परियोजनाले कोशी प्रदेशको पर्यटन क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताए। स्वीस सरकारले कोशी प्रदेश सरकारलाई २०७६ सालदेखि विभिन्न परियोजनामा सहयोग गर्दै आएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP