Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

दुर्गा प्रसाईंलाई सीआईबी लगियो, विश्नोईको नाममा धम्क्याउन ५ लाख दिएको खुल्यो

 

२४ मंसिर, काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोको हिरासतमा रहेका झापाका विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईं अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा लगिएको छ ।

सोमबार सीआईबीले आपराधिक लाभ (एक्सटर्शन)को कसुरमा अनुसन्धान गर्न प्रसाईंलाई लाजिम्पाटस्थित आफ्नो कार्यालयमा लगेको हो । उनलाई अब सीआईबीको महाराजगञ्जस्थित हिरासतमा राखेर अनुसन्धान अघि बढाइने छ ।

 

प्रसाईंलाई सीआईबीले नै ४ मंसिरमा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा लगानी भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि उनी पक्राउ परेका थिए ।

साइबर ब्यूरोले विद्युतीय कारोबार ऐनको कसुरमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाएपछि प्रसाईंलाई सीआईबी लगिएको हो ।

 

भारतीय गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर व्यवसायीहरूलाई धम्क्याएको आरोपमा अब प्रसाईंमाथि अनुसन्धान हुनेछ । यही प्रकरणमा यसअघि सीआईबीको टोलीले १४ मंसिरमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुयाललाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । ती युवामाथि अनुसन्धान गर्दा प्रसाईंबीचको कनेक्सन खुलेको थियो ।

व्यवसायीहरूले धम्की आएको उल्लेख गरेको मितिमा मात्रै उनीहरूबीच १०० बढी पटक फोन सम्पर्क भएको सीआईबी जनाएको छ । प्रसाईंकै निर्देशनमा फुयालले काम गरेको देखिएपछि प्रसाईंविरुद्ध पनि आपराधिक लाभको कसुरमा पक्राउ पुर्जी जारी भएको थियो ।

फुयालले नेपालका विभिन्न जिल्लाहरूबाट घिउ लगेर भारतमा बेच्ने गरेको प्रहरी समक्ष बताएका छन् । भारतको पानीट्यांकी भन्ने ठाउँमा आफ्नो पसल समेत रहेको उनको भनाइ छ । फुयालले प्रसाईंसँग माफी नमागे ज्यान समेत जान सक्ने भन्दै दिएका थिए ।

केही समयअघि विश्नोईको नाम लिएर धम्की दिएको भन्दै सीआईबीमा चार व्यवसायीहरूले उजुरी दिएका थिए । भारत र दुबईका नम्बरबाट फोन गर्दै धम्की आएको व्यवसायीको भनाइ थियो ।

त्यसपछि सीआईबीले अनुसन्धान अघि बढाएको थियो ।

यता फुयाँलले धम्की दिन नाम लिएका विश्नोई भने अहिले भारतको सबैभन्दा ठूलो तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ । पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेलमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटक–पटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका थिए ।

प्रसाईंको निर्देशनमा धम्की दिने फुयाल भने भारतमा नवीन प्रधानको नामबाट चिनिन्थे । भारतको आसाम र पानीट्यांकीमा बसोबास गरेका ती युवकले नवीन प्रधानको नामबाट भारतीय आधार कार्ड समेत बनाएको भेटिएको थियो । त्यही नामबाट भारतीय सीमकार्ड लिएर उनले धम्की दिएका थिए ।

फुयाँल यसअघि पनि मुद्दा चलेको व्यक्ति हुन् । सुनसरी प्रहरीले उनीविरुद्ध चेक बाउन्सको मुद्दा चलाएको थियो । उक्त केसमा उनी १ लाख ४० हजार धरौटीमा छुटेका थिए ।

उनी अर्को मुद्दाको केसमा भने फरार अभियुक्त रहेको खुलेको छ । उनीविरुद्ध मोरङमा अर्को चेक बाउन्सको उजुरी परेको थियो ।

यो पनि पढ्नुहोस
विश्नोईको नाममा धम्की : पक्राउ परेका युवाविरुद्ध आपराधिक विश्वासघातमा अनुसन्धान
धम्क्याउन ५ लाख दिएको खुल्यो

प्रसाईंले हाल सीआईबीको हिरासतमा रहेका झापाकै हरिचन्द्र फुयाललाई धम्क्याउनका लागि ५ लाख रुपैयाँ दिएको समेत खुलेको छ । सीआईबीका एआईजी तथा निर्देशक दीपक थापाले ५ लाख रुपैयाँ दिएको पुष्टि भएको बताए ।

उनका अनुसार प्रसाईंले सोझै फुयाललाई ५ लाख नदिई अर्का व्यक्तिमार्फत दिएको अनुसन्धानबाट खुलेको छ । ती व्यक्तिको समेत पहिचान भइसकेको एआईजी थापाले बताए । ‘भारत बसेर धम्क्याउनका लागि बस्न खान र खर्च भन्दै प्रसाईंले ५ लाख पठाएको देखिन्छ । उक्त रकम अर्का व्यक्तिमार्फत फुयालले बुझेको खुलेको छ,’ एआईजी थापाले अनलाइनखबरसँग भने ।

धम्क्याएवापत प्रसाईंबाट आफूले रकम पाएको हिरासतमा रहेका फुयालले समेत स्वीकार गरेको एक अनुसन्धान अधिकृतले बताएका छन् । सम्बन्धनै नभएको व्यक्ति तथा व्यापारीहरुलाई धम्क्याउनुको अर्थ फुयालसँग पनि नजोडिने ती अधिकारीको तर्क छ ।

जसकारण प्रसाईंले धम्क्याए वापत रकम नै दिने भएपछि फुयाल तयार भएर भारतमा गएर फोन गर्दै धम्की दिएको सीआईबीको निष्कर्ष छ ।

६ जना अझै फरार

व्यवसायीहरूलाई धम्की दिएको आरोपमा अहिले सीआईबीको हिरासतमा फुयाल र प्रसाईं छन् । तर यो कप्रकरणमा अझै ६ जना फरार रहेका छन् । सीआईबीका एआईजी दीपक थापाले ६ जना फरार रहेको र उनीहरुको खोजी भइरहेको बताए ।

‘कोही धम्क्याउनका लागि प्रयोग भएका छन् । कोही रकम लेनदेनमा प्रयोग भएका छन् । विभिन्न भूमिकामा रहेर काम गर्नेहरू ६ जना अझै फरार छन्,’ एआईजी थापाले अनलाइनखबरसँग भने ।

फरारमध्येको केहीको पहिचान भइसकेको र केहीको तीन पुस्तेलगायत वतनहरू खुल्न बाँकी नै रहेको सीआईबीले जनाएको छ । आपराधि लाभको कसुरमा अनुसन्धान गरिहेको सीआईबीले संगठित कसुर समेत देख्न सकिने भन्दै त्यसतर्फ पनि अनुसन्धान गर्ने तयारी गरेको छ ।

‘उनीहरूको प्रकृति हेर्दा संगठित नै देखिन्छ । तीन भन्दा बढी व्यक्ति पनि प्रयोग भएको देखिन्छ’, सीआईबीका एक अनुसन्धान अधिकृतले भने, ‘संगठित लाने÷नलाने भन्नेमा सरकारी वकिलको रायपछि मात्रै अघि बढाउने तयारी छ ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP