Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

सरकारलाई प्रचण्डको आग्रह : रविमाथिको अमानवीय र प्रतिशोधपूर्ण व्यवहार रोकियोस्

 

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको अमानवीय व्यवहार रोक्न आग्रह गरेका छन्।

सामाजिक संजालमा लेख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले निरंकुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरेको उल्लेख गरेका छन्।

‘अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति मा.रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेका छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।’ प्रचण्डले लेखेका छन्।

सहकारी ठगी आरोपमा अनुसन्धानका लागि पक्राउ परी कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा झण्डै २ महिनादेखि रहेका लामिछानेलाई प्रहरीले बयानका लागि विभिन्न जिल्ला पुर्याइरहेको छ।

कास्कीबाट रुपन्देही, चितवन, काठमाडौं पुर्याइएका लामिछानेलाई अहिले पर्सामा परेको उजुरीका आधारमा बयानका लागि वीरगञ्ज पुर्याइएको छ। उनले प्रहरीले हिरासतका क्रममा आफूमाथि दुर्व्यवहार गरिएको बताउँदै आएका छन्। प्रहरीले भने त्यसको खण्डन गरेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP