पोखरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न अनुमति दिएको हो।
कास्की जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले आज सातौँपटक थप अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको सूचना अधिकारी सुरज अधिकारीले थाहा खबरलाई जानकारी दिए।
प्रहरीले भने ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न पाउनुपर्ने अनुमति माग गरेको थियो।
रविलाई आज अन्तिम पटक म्याद थपेर अर्कोपटक अदालत उपस्थित गराउँदा अभियोजन पत्र पनि दायर गर्ने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ।
सहकारी रकम अपचलन मुद्दामा रवि कात्तिक ३ देखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई वयानका लागि रूपन्देही, काठमाडौँ, चितवन र पर्सा पनि लगिएको थियो।
सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका रविलाई पछिल्लो पटक थपिएको ४ दिनको म्याद आज सकिने भएकाले आज अदालत उपस्थित गराइएको थियो।
पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका गोर्खा मिडियाका पूर्व प्रबन्ध निर्देशक लामिछानेसहित पूर्व डिआइजी तथा गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी लगायतलाई अदालतमा उपस्थित गराइएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया