Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

काठमाडौंमाथि जनकपुरको शानदार जित

 

काठमाडौं : नेपाल प्रिमियर लिगको आज भएको दोस्रो खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गुर्खाजलाई पाँच विकेटले पराजित गरेको छ।

जनकपुरले ५ विकेट गुमाउँदै १५.५ ओभरमा १०४ रन बनाएर नतिजा आफ्नो पक्षमा पारेको हो।

टस जितेर ब्याटिङमा आएको काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको थियो।

१९.३ ओभरमा अलआउट हुँदै काठमाडौंले १०१ रन बनाउन सक्यो।

काठमाडौंको लागि जेरार्ड एरासमस २०, करण केसी १९, स्टेफन इस्किनाजी १७, माइकल लेभिट आठ, रसिद खान सात, प्रतिक श्रेष्ठ छ, भीम सार्की चार, डान डाउथवेथ एक रन , सुमित महर्जन,दिपेश कंडेल शून्यमा आउट भए। साहव आलम ८ रनमा अविजित रहे।

जनकपुरका लागि ललित राजवंशी र शेर मल्लको समान तीन/ तीन, मोहम्मद मोहसिन दुई, अरनिको यादव र किशोर महतोले समान एक/एक विकेट लिए।

१०२ को लक्ष्य लिएर मैदानमा उत्रिएको जनकपुरका लागि जेम्स निसम २७, लाहिरू मिलन्था १६, अनिल साह ११, शुभ कंसकार पाँच, आशिफ शेख दुई रनमा आउट भए। हर्ष ठाकर २५ र मोहम्मद मोहसिन १३ रनमा अविजित रहे।

काठमाडौंका लागि करण केसीले दुई, दिपेश कंडेल, साहव आलम र जेरार्ड एरासमसले एकएक विकेट लिए।

जनकपुरले यसअघि चार वटामा जित हासिल गरेको थियो भने सुदुरपश्चिम रोयल्ससँग पराजित भएको थियो। काठमाडौंले यसअघि दुई खेल हारेको थियो भने दुई खेलमा जित हात पारेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP