Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

एकीकृत समाजवादीको बैठक आज पनि

 

काठमाडौं : नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आइतबार पनि जारी रहने भएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा दिउँसो १२ बजे शुरु हुनेछ ।

गत बुधबार शुरु भएको बैठकमा अहिलेसम्म १८ नेताले धारणा राखेका छन्। बैठकमा हिजोसम्म पार्टीको कार्यादेशसम्बन्धी छलफल भएको थियो। आज केन्द्रीय सदस्यको कार्यविभाजनसम्बधी छलफल शुरु हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

अन्य पदाधिकारीले धारणा राखिसकेकाले अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेताहरू बेदुराम भुसाल, प्रमेश हमाल, घनेन्द्र बस्नेत र महासचिव घनश्याम भुसालसहित ८ जनाले विचार राख्ने तय भएको छ।

बैठकमा मुख्यगरी पार्टीको आगामी कार्ययोजना, पाटीलाई सुदृढीकरण गर्ने, राजनीतिक तथा भू-राजनीतिक चुनौतीको सामना गर्नेलगायत विषयमा छलफल भइरहेको छ । बैठक शनिबार नै सक्ने भनिए पनि नेताहरुले बोल्ने क्रम नसकिएकाले आइतबार पनि जारी रहने प्रवक्ता खतिवडाले जानकारी दिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP