Trending
flash कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ flash मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा सुदृढीकरणमा शिवराज अस्पतालले पायो थप साथ flash मायादेवी रिसोर्टमा खाना खाएका दर्जनौं बिरामी, प्रशासनद्वारा सञ्चालनमा रोक flash स्वास्थ्य सचेतना बढाउन विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोगसम्बन्धी प्रशिक्षण flash विजयनगरमा सार्वजनिक सुनुवाई सम्पन्न flash विजयनगरमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न flash महिलालाई आत्मनिर्भरताको आधार, तालिमपछि सिलाई मेसिन प्रदान flash श्रमको सम्मान, उद्यमको पहिचान : विजयनगरमा २८ जना सम्मानित flash विजयनगरमा २ सय ४२ गर्भवती महिलालाई ‘पोषण कोसेली’ flash लुम्बनी प्रदेश अन्य प्रदेशको तुलनामा मातृमत्युदर उच्च :  स्वास्थ्य मन्त्री घिमिरे

रात्रिकालीन उडानसँगै राजविराज अब पर्यटकीय गन्तव्य बन्छ : पर्यटनमन्त्री पाण्डे

राजविराज : सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ। सोमवार राति बुद्ध एयरले काठमाडौँ—राजविराज परीक्षण उडान गरेको हो।

दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो ।

परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए।

रात्रिकालीन उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १०औँ विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे।

उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए। पोखरामा अन्तरराष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भए पनि विस्तारै अन्तरराष्ट्रिय उडान गर्ने बताए।

कुनै पनि विमानस्थलमा सेवा विस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव पर्ने बताए। उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए।

‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो। यो दशौँ एयरपोर्ट बनेको छ। अब राजविराज छायाँमा पर्ने छैन। यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ‚ चलायमान बनाउनेछ‚’ उनले भने, ‘यसले अर्थतन्त्रलगायत बहुआयामिक प्रभाव रहनेछन्। आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ।’

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले देशमा विपत्ति आएका बेला सडक सञ्जालको समस्या हुँदा प्राधिकरणको महत्व अझ बढ्ने बताए।

उनले राजविराज विमानस्थलले सप्तरीमा सम्भावनाको ढोका खोलेको बताए। रात्रिकालीन उडान तथा अवतरण गर्ने सुविधा थप हुँदा आम नागरिकलाई थप सहज हुने विश्वास व्यक्त गरे।

जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले राजविराजमा रात्रिकालीन उडान शुरु हुनु सप्तरीवासीका लागि गौरवको क्षण भएको बताए। रात्रिकालीन उडान सफल बनाउन सबैले संघर्ष गर्नुपर्ने उनले बताए।

‘यो हाम्रो सप्तरीको लागि निकै नै गौरवको क्षण हो। यो दिनलाई सफल बनाउनका लागि संघर्ष गर्नुहुने सम्पूर्ण नेताहरु, अग्रजहरु, क्यानका पदाधिकारी सबैलाई धन्यवाद दिन चाहन्छु‚’ उनले भने, ‘हाम्रो सपना आज साकार हुँदै छ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP